A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session2gj2b7oigl79lfvj7e42q4utgqcb7dn6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

महिनावारीमा छुट्छ पढाइ

लहान नगरपालिका–१४ स्थित वस्तीपुर माविमा अध्ययनरत छात्राहरु महिनावारी हुँदा पढाइ छाड्ने गरेका छन्। विद्यालयमा व्यवस्थित शौचालय र सेनेटरी प्याडको सुविधा नहुँदा उनीहरुले पढाइ छोडनु परेको हो। पटक–पटक समस्या राखे पनि विद्यालय प्रशासनले सुनुवाई गर्न नसकेको विद्यार्थीको गुनासो छ। ‘विद्यालयमा शौचालय, सेनेटरी प्याड हुँदैन। पेट दुख्यो की घर गइहाल्नु पर्छ’, कक्षा १० मा अध्ययनरत छात्रा पुनम ठाकुरले भनिन्, ‘दिनहुँ यसरी छात्रालाई पढाइ छाड्नु परेको छ तर, हाम्रो कुराको सुनुवाई भएन।’शौचालय भए पनि पानी नआउने विद्यार्थीको गुनासो छ। कक्षा ९ की सन्तोषी यादवले भनिन, ‘घर नगई सुखै छैन्। विद्यालयले चासो दिएको छैन।’ उनीहरु जस्तै यस विद्यालयमा अध्ययनरत कक्षा ७, ८, ९ र १० का छात्रा महिनावारी हुँदा दिनहुँ ४÷५ जना पढाइ छाड्न बाध्य छन्। विद्यालयमा प्याड छैन्। आफ्नो समस्या शिक्षकलाई उनीहरु भन्न सकिरहेको छैन्। कक्षा ७ देखि १० सम्मका ६३० जना विद्यार्थीमध्ये बढी छात्रा छन्। महिनावारी हुँदा बीचमै पढाइ छाड्दा उनीहरुको पठन पाठनमा समस्या भइरहेका छन्। ‘हामी समस्या पुरुष शिक्षकलाई खुलेर भन्न सकिरहेको छैन्,’ कक्षा १० की संगिता महतोले भनिन,‘विद्यालयमा सुविधा छैन्। महिनावारी हुँदा पढाइ छाड्नै परेको छ।’ छात्रा शौचालय अलग भएपनि त्यसमा पानीको सुविधा नरहेको उनले सुनाईन्। महिनावारी समस्याले पढाइ प्रभावित हुने गरेको उनले बताईन्। पढ्ने रहर हुँदा पनि महिनावारीको समयमा बाध्यताले पढाइ छाडेर बीचमै घर फर्किनु परेको छात्रा पुनम ठाकुरले सुनाईन्। ‘पटक पटक विद्यालयमा गुनासो गरेपनि हामीहरुको समस्या समाधान हुन सकेको छैन्,’ उनले भनिन,‘हाम्रो दुःख कसले बुझिदिने खै रु ’ महिनावारी भएको बेला कम्तिमा ५ दिन विद्यालय आउनै नसकेको उनले सुनाईन्।

विद्यालयमा छात्रा विद्यार्थीले मात्रै होइन, शिक्षिकाहरु पनि महिनावारीको समयमा विद्यालय छाडेर जानु परेको शिक्षिका चान्दनी यादवले सुनाईन्। ‘विद्यालयमा प्याडको सुविधा भए छात्राहरुलाई पठन पाठन अवरोध हुदैन्थ्यो,’ उनले भनिन,‘थोरै पैसामा समाधान हुने यो समस्या कठिन हुँदै गएको छ। विद्यालयमा छात्राहरुलाई प्याड किन्न आर्थिक अभाव रहेको प्रधानाध्यापक राम नारायण साह बताउँछन्। ‘आन्तरिक आम्दानी छैन, यसको लागि छुट्टै रकम आउँदैन्,’ उनले भने,‘विद्यार्थीहरु महिनावारीको समयमा घर फर्किन बाध्य छन्।’ जसले गर्दा उनीहरुको पढार्इ पनि प्रभावित हुने गरेको उनले सुनाए। विद्यालयको अरु समस्याहरु लिएर प्रअ आफुकहाँ आएपनि छात्राहरुको समस्या नआएको वडाअध्यक्ष महेश श्रेष्ठको भनाई छ। ‘गर्मीमा कक्षा कोठामा पंखा नभएर पढाउने समस्यालगायत भौतिक संरचनाको कुरा आएको छ,उनले भने,‘अब विद्यालयमा छात्राहरुको लागि प्याड पनि व्यवस्था गर्छौ।

२०७६ असार २ गते ६:४७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: