A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionivaipd0khn8jj9p3bi8aalslu1o30dqb): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जाडो छल्न पोखरा बसाइँ सरे मुस्ताङका विद्यालय

चिसो बढेपछि हिमालपारिको जिल्ला मुस्ताङका विद्यालयहरू कास्कीको पोखरामा सर्न थालेका छन्। तापक्रम शून्यदेखि माइनस डिग्री सेन्टिग्रेडमा पुग्दा मुस्ताङका छोसेर, छोनुप, सुर्खाङ, चराङ, मराङ, घमी, लोमान्थाङलगायतका ठाउँमा रहेका विद्यालय कात्तिकमै बन्द हुने गरेका छन्। हिमपातले जनजीवन पूर्ण रूपमा प्रभावित हुने गरेका कारण उपल्लो क्षेत्रका विद्यालय तल्लो भेगका विद्यालयभन्दा झण्डै डेढ महिनाअघि नै बन्द हुने गरेका हुन्। विद्यालयहरू कात्तिक, मंसिर, पुस र माघ महिनाको लागि पोखरा सार्ने गरिएको छ। हिमाली भेग भएकाले अत्यधिक चिसो हुँदा शिक्षकहरू समेत मुस्ताङमा रहन नसक्ने भएका कारण विद्यालयलाई विभिन्न दातृ निकाय, गाउँपालिका र शिक्षा विकास तथा समन्वय इकाइको सहयोगमा पोखरा सार्ने गरिएको हो। जिल्लाका लोमान्थाङ गाउँपालिका, लो घेकर दामोदरकुण्ड गाउँपालिका र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सञ्चालित अधिकांश विद्यालयहरू घुम्ती विद्यालयका रूपमा पोखरामा सर्दै आएका छन्। लोमान्थाङ गाउँपालिकाका शिक्षा समन्वय इकाइ स्रोत व्यक्ति गोविन्द श्रेष्ठले दिएको जानकारीअनुसार उपल्लो मुस्ताङमा रहेका सामुदायिक, निजी र गुम्बा विद्यालयहरू मंसिरदेखि माघ महिनासम्म पोखराको चाउथे, हेम्जा, पृथ्वीचोक, लेकसाइड, लेखनाथ, विरौटा लगायतका ठाउँमा सर्ने गरेका छन्। घुम्ती विद्यालयका रूपमा पोखरा सर्ने विद्यालयमध्ये केहीले आफ्नै भवन निर्माण गरेका छन भने केही भाडाको घर र भवनबाट सञ्चालन हुने गरेका छन्। नेपाल–चीन सीमा कोरल्ला नाकासँग जोडिएको एक मात्र विद्यालय दिव्यदीप मावि विद्यालय छोसेर, लोमान्थान गाउँपालिकामा रहेका १० आधारभूत विद्यालय, दुई गुम्बा विद्यालय र दुई निजी विद्यालयले कात्तिक दोस्रो हप्ताबाटै पोखरामै विद्यालय लगेर पठनपाठन गर्न थालिसकेका छन्। त्यसबाहेक लोघेकर दामोदर कुण्ड गाउँपालिकामा रहेका आठ आधारभूत विद्यालयमध्ये ६ विद्यालय कात्तिकको दोस्रो साता पोखरा गइसकेका छन्। दुई वटा मंसिर लागेसँगै पोखरा गएका छन्। उपल्लो मुस्ताङका २६ विद्यालय जाडोको समयमा बेँसी झर्ने गरेका छन् भने अन्य ३० वटा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको मंसिर अन्तिम साता चालु शैक्षिक सत्र अन्त्य गरी बिदा दिने गरिएको छ। सरकारले दिने विभिन्न सार्वजनिक विदामा समेत कक्षा सञ्चालन गरेर कतिपय विद्यालयमा मंसिर मसान्तसम्म विद्यालयको परीक्षा सकेर हिउँदे बिदा हुने गरेको छ। मुस्ताङमा आधारभूत र माध्यमिक तह गरी ५६ सामुदायिक विद्यालय र आठ गुम्बा विद्यालय सञ्चालनमा छन्। यीमध्ये १ देखि ३ कक्षासम्म पढाइ हुने १९, १ देखि ५ सम्म २३ , १ देखि ८ सम्म ६, १ देखि १० सम्म चार, १ देखि १२ सम्मका तीन र स्नातक तहको पढाइ हुने एक क्याम्पस छन्। त्यस्तै १ देखि ५ सम्म दुई, १ देखि ८ सम्म एक र १ देखि १० सम्म पढाइ हुने एक गरी चार निजी विद्यालय सञ्चालनमा छन्।

२०७५ मंसिर १८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: