A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl8pkhpv1idlvpi12k0okt32c0f9ffdv5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाहले बिग्रिँदैे घरबार

नलगाड नगरपालिका १, जुरेलीकी एक किशोरीले चार दिनअघि आत्महत्या गरिन् । १५ वर्षीया किशोरीले साताअघि मात्रै सोही ठाउँका २५ वर्षीय विष्णु पुनसँग विवाह गरेकी थिइन् । तर, उनीहरूको सम्बन्ध धेरै दिन टिक्न सकेन । बिछोडको पीडामा किशोरीले आत्महत्याको बाटो रोजिन्। नाबालिकालाई विवाह गर्ने पुनलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। यो त प्रतिनिधि उदाहरण मात्र हो । जाजरकोटमा बालविवाहका कारण आत्महत्या, कुटपिट, घर निकाला, खान लाउन नपाउने, पढाइमा बाधा, सम्बन्ध विच्छेद गर्न बाध्य हुनेलगायत घटना ह्वात्तै बढेका छन् । १७/१८ वर्षको उमेर नपुग्दै विवाह गरेका महिला हिंसापीडित भएको पाइएको छ । जिल्लामा बालविवाहका घटना बढेका छन् । उमेर नपुग्दै बालविवाह गरेका महिला नै न्याय खोज्न अदालत, महिला तथा बालबालिका कार्यालय, न्यायिक समिति, प्रहरीलगायत निकायमा धाउन बाध्य छन् । उनीहरू सम्बन्ध विच्छेद, लालनपालन खर्च, नाता कायम, नागरिकता तथा जन्मदर्ता, अंश र सासू, ससुरा तथा पतिको हिंसाविरुद्ध न्यायिक निकायमा धाउन थालेका छन्। १५ वर्षमा विवाह गरेर १९/२० वर्षको उमेर नपुग्दै दुई सन्तान जन्माउने अनि सम्बन्ध विच्छेदका लागि अदालत पुग्नेको संख्या बढ्दै गएको अदालतका नायब सुब्बा सर्वराज खत्रीले बताए । कुटपिट, खान, लाउन नपाएकोलगायत कारण देखाउँदै सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने गरेको खत्रीले बताए । चालु आर्थिक वर्षमा जाजरकोट अदालतमा सम्बन्ध विच्छेदका ६० मुद्दा दर्ता भएका छन् । त्यस्तै महिला तथा बालबालिका कार्यालयमा कुटपिट, खान, लाउन नपाएकोलगायत घरेलु हिंसाका एक सय उजुरी दर्ता भएका छन् । त्यस्तै प्रहरी र स्थानीय तहका न्यायिक समितिमा दुई सय उजुरी परेका छन् । घरेलु हिंसाको मुख्य कारण बालविवाह भएको महिला तथा बालबालिका कार्यालय प्रमुख शकुन्तला आचार्य बताउँछिन् । कानुन कार्यान्वयनको पक्ष कमजोर हुनुको साथै सचेतनाको अभावले बालविवाहले समाजमा प्रश्रय पाएको आचार्यको ठम्याइ छ । ‘विवाह गर्ने उमेरसमेत नपुगेका किशोरी २र३ वटा बच्चा लिएर हिंसा भयो भन्दै आउनुहुन्छ,’ उनले भनिन् ।

जिल्लामा ७० प्रतिशत बढी बालविवाह हुनु चुनौती भएको उनले बताइन् । बालविवाहले पुरुषभन्दा महिलालाई बढी समस्यामा पार्ने गरेको छ। सामाजिक परम्परा, देखासिकी, यौनिक तथा आर्थिक आवश्यकतालगायत कारण बालविवाह हुने गरेको आचार्यको भनाइ छ । बालविवाहले महिलालाई अस्वस्थता, पढाइबाट वञ्चित, बेरोजगारी र हिंसाको सिकार बनाएको उनले बताइन् । बालविवाह न्यूनीकरणका लागि स्थानीय तह जिम्मेवार भएर बालविवाहविरुद्धको अभियानमा जुट्नुपर्ने उनले बताइन् । बालविवाह जस्तो कुसंस्कारले जरो गाड्न थालेपछि यहाँका सबै स्थानीय तह बालविवाह न्यूनीकरणको अभियानमा लाग्न थालेका छन् । बालविवाह गर्ने, गराउनेलाई सामाजिक बहिष्कारसमेत गर्नेगरी अभियानमा जुटेको कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीले बताइन् । स्थानीय तहमा रहेका महिला विकास शाखा, विद्यालय र अन्य सरोकारवालालाई साथमा लिएर यो वर्षदेखि बालविवाह न्यूनीकरण अभियानमा लागेको उनले बताइन् । ‘एकै वर्षमा बालविवाह अन्त्य गर्न नसके पनि जनचेतनाका माध्यमबाट अभियान जारी रहनेछ,’ उनले भनिन्, ‘बालविवाह न्यूनीकरणको रणनैतिक योजना बनाएर अघि बढ्न थालेका छौं ।’ पहिलो चरणमा सबै वडामा पुगेर बालविवाहबारे सचेतीकरण गरेको उनको भनाइ छ । घरपरिवारमा बालविवाह पूर्णरूपमा निषेध गर्ने, बालविवाहको भोज, निम्ता, जन्ती र बाजा बहिष्कार गर्ने, बालविवाहलाई बढावा दिने तथा प्रोत्साहित गर्ने कुनै पनि कार्यक्रम नगर्ने, बालविवाह न्यूनीकरणसम्बन्धी बहस पैरवी गर्नेलगायत कार्ययोजनाका साथ अभियान थालिएको छ। यस्तै बालविवाह न्यूनीकरणका लागि विद्यालय अभियान, किशोररकिशोरी कार्यक्रम, सञ्चार माध्यमबाट जनचेतना फैलाउने खालका सन्देश प्रचार तथा प्रसारण गर्ने, बालविवाह गर्नेलाई सामाजिक बहिष्कार गर्नेलगायत दबाबमूलक कार्यक्रम पनि गरिने उनको भनाइ छ । उमेर नपुग्दै गरिने विवाहले महिला–पुरुष आत्मनिर्भर हुन समस्या हुने, महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने, सम्बन्ध विच्छेद, बहुविवाह जस्ता सामाजिक विकृति बढ्नेलगायत समस्याका कारण बालविवाह न्यूनीकरणलाई मुख्य अभियान बनाएको शाहीको भनाइ छ । नायिका रेखा थापाले पनि जाजरकोटमै छायांकन गरेर बालविवाहको कथावस्तु समेटिएको मालिका फिल्म निर्माण गरिरहेकी छन् ।

 २०७५ असार ९ गते १०:१८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: