समाचारमा बालबालिका

खोलाले बगाउँदा बालिकाको मृत्यु

रुकुम(पश्चिम) एक बालिकाको खोलामा बगेर मृत्यु भएको छ। जिल्लाको आठविसकोट १३ भल्मासोताकी ८ वर्षीया माया थापाको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बुधबार बिहान साढे ७ बज खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए। भल्माका माया बिहान खोलामा बगेपछी परिवार र स्थानीयले खोजी गर्दा बगेको ठाउँ भन्दा करिब एक सय मिटर तल मृत अवस्थामा फेला परेको उनले बताए। यस अघि पनि यहाँ पहिरोले बगाउँदा एक महिलाको मृत्यु भएको थियो।

२०७६ साउन २२ गते ३:१९ मा प्रकाशित