समाचारमा बालबालिका

चट्याङ्ग लागेर बालिकाको मृत्यु

बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १० बदेडामा चट्याङ्ग लागेर एक बालिकाको मृत्यु भएको छ। गएराति १ बजे चट्याङ्गको आवाजले बेहोस भएकी लली सार्कीकी २ वर्षिया छोरी सिरियाको मृत्यु भएको स्थानीय रमेश सार्कीले जानकारी दिए। मृतक बालिकाकी आमा दिला सार्की पनि अचेत अवस्थामा रहेको उनले बताए। मृतक बालिकाका बुबा नोकरीको सिलसिलामा भारतमा रहेका छन्। चट्याङ्गले स्थानीय लालबहादुर सार्कीको घरमा क्षति पुगेको छ। क्षतिको यथार्थ विवरण लिन इलाका प्रहरी चौकी टाँटेको टोली घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

२०७६ भदौ ७ गते १२:५४ मा प्रकाशित