A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सिरहाका ज्यानमारा खाल्डा:डेढ महिनामा डुबेरै १८ बालबालिकाको ज्यान गायो

सिरहामा पछिल्लो डेढ महिनायता मात्रै डुबेर मृत्यु हुनेको संख्या १८ पुगेको छ । प्रहरीका अनुसार असारमा वर्षाको पानी जमेको खाल्डाखुल्डीमा पाँचजना र एकजना खोलामा डुबेका थिए । साउन महिनामा खाल्डोमा चारजना बालबालिका, खोलामा एकरएक बालिका र महिला, पोखरीमा चारजना बालिका र दुईजना बालक डुबेका थिए । पछिल्लो समय सिरहामा डुबेर मृत्यु हुनेको घटना बढेको प्रहरीले जनाएको छ । खाल्डाखुल्डी, पोखरी र खोला बालबालिकाको लागि ज्यानमारा बन्दै गएको स्थानीय अगुवा बताउँछन् । धेरैजसो घटना अभिभावक काममा जाँदा खेल्ने क्रममा बालबालिकाको ज्यान जाने गरेको प्रहरीले जनाएको छ । बालबालिकालाई एक्लै छोडेर अभिभावक बाहिर जान नहुने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराको भनाइ छ । स्थानीय अगुवा भने छेउछाउका खाल्डाखुल्डी नपुरिकनै त्यसै छोड्नाले यस्ता घटना भएको बताउँछन् । गाउँपालिका तथा वडा कार्यालयले यस्ता खाल्डाखुल्डी नपुरिदिँदा बालबालिकाको ज्यान जाने गरेको उनीहरुको गुनासो छ । खाल्डोमा डुब्दा प्राथमिक उपचारको पनि व्यवस्था गाउँमा नहुँदा अप्ठ्यारो पर्ने गरेको स्थानीयको गुनासो छ।

२०७६ साउन १९ गते ८:१५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: