समाचारमा बालबालिका

बनेपामा पानी ट्याङकीमा डुबेर बालकको मृत्यु

जिल्लाको बनेपा नगरपालिका–६ मा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ ।बनेपा नगरपालिका–६ वुडोलडाँडा डेरा गरी बस्ने चितवन घर भएका ध्रुब खरेलको १६ महिनाको छोरा अविनव खरेलको ट्याँकीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

२०७६ साउन १७ गते प्रकाशित