समाचारमा बालबालिका

खोलामा डुबेर बालकको मृत्यु

सर्लाहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । हरिवन नगरपालिका–१ बिलन्दिका सोमबहादुर थिङको १२ वर्षीय छोरा सुरज थिङ्गको बिलन्दि खोलामा डुबेर मृत्यू भएको हो। मंगलबार अपरान्ह बिलन्दी खोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा उनको डुबेर मृत्य भएको प्रहरीले जनाएको छ। बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रतितसिंह राठौरले बताए।

२०७६ साउन २२ गते प्रकाशित