A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि मोरङको सुन्दरहरैंचामा तनाव

टिपरको ठक्करबाट वालिकाको मृत्यू भएपछि मोरङको सुन्दरहरैंचा नगरपालिका–९ तनावग्रस्त बनेको छ। लापरवाहीका कारण टिपर आतंक बढेको भन्दै स्थानीय बासिन्दाले स्थानीयले ६ वटा टिपरमा आगजनी गरेका छन्। सोमबार विहान बिराटचौकबाट सुनदर हरैंचातर्फ गइरहेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सुन्दरहरैंचा–९ की ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको थियो। बाटो कट्दै गरेकी बालिकाको टिपरको ठक्करका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बालिकाको मृत्यूपछि आक्रोसित बसेका त्यहाका स्थानीयले ठक्कर दिने टिपरसहित उक्त सडक खण्डमा गुडिरहेका अन्य टिपरहरुलाई समेत रोकेर आगजनी गरेका छन्। आगजनीबाट को१ख ५८३३ र को१ख ६४६३, को१ख ६५६३ नम्बरको टिपरको मात्रै नम्बर खुलेको छ। टिपरमा लागेको आगो निभाउन गएको दमकललाई स्थानीयले अवरोध गरेपछि टिपरहरु जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरिरहेकोले त्यहाँको स्थिती तनावग्रस्त रहेको छ। उक्त सडक खण्डमा गुड्ने टिपरको ठक्करबाट कैयौं मानिसहरुको मृत्यू भइसकेको छ। स्थानीय बासिन्दाले टिपर आतंक रोक्नुपर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिती असामान्य बनेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथि समेत ढुंगामुडा गरिरहेका छन्। स्थानीयको अवरोधका कारण घटनास्थलमा प्रहरी पुग्न नसक्दा त्यहाँको सडकमा गुडिरहेका सवारी साधनलाई पनि आक्रोसित बनेकाहरुले निशाना बनाइरहेका छन्। लापरवाहीका कारण टिपर आतंक बढेको भन्दै स्थानीय बासिन्दाले प्रहरी र प्रशासन विरुद्ध चर्का नारावाजी गरिरहेका छन्। घटनास्थलमा पुगेका प्रहरीलाई समेत स्थानीय बासिन्दाले अवरोध गरेका छन्।

२०७५ माघ १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: