A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8lp6bufl83pv31em5d5ombd2ae0vl6v9): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

खाजाले नियमित भए विद्यार्थी

कल्पना महतो कक्षा ५ की छात्रा हुन् । कविलासी नगरपालिका–७, गैरकाी उनी स्थानीय श्री माविमा भर्ना भए पनि विद्यालयमा नियमित आउने गरेकी थिइनन् । विद्यालयले दिवा खाजाको व्यवस्था गरेपछि अहिले कल्पना प्रत्येक दिन विद्यालय आउन थालेकी छिन् । उनी मात्र होइन कक्षा २ मा भर्ना भएका चन्दन कुमार, अंजली कुमारी पनि विद्यालयमा नियमित आउँदैनथे । उनीहरू जस्तै अधिकांश बालबालिकालाई विद्यालयमा टिकाइराख्न समस्या परेको थियो । विद्यालयमा अहिले आएको खाजा कार्यक्रमले उनीहरूलाई विद्यालयमा तानेको छ । बीचैमा पढाइ छाडेकाहरू पुनः विद्यालयमा नियमित आउन थालेका छन् । भोकका कारण हाफ टाइममा विद्यालयबाट भाग्ने प्रवृत्ति पनि रोकिएको छ । विद्यालयमा खाजा कार्यक्रमले दिन प्रतिदिन विद्यार्थीको संख्या बढ्दो छ । विद्यालयमा भर्ना भएका विद्यार्थी माक्र हैन खाजा कार्यत्रमले भर्ना नभएका गाउँका बालबालिका पनि विद्यालय आउन थालेका छन् । यसरी विद्यालयमा बालबालिकाको संख्या बढ्दा भर्ना अभियानमा टेवा पुग्ने विश्वास गरिएको छ । दिवा खाजाका कारणले भर्ना भएर पनि नियमित विद्यालय नआउने विद्यार्थी नियमित आउन थालेका छन्,’ माध्यमीक विद्यालय गैरका प्रधानाध्यापक हेमनारायण झाले भने, ‘विद्यालयमा भर्ना नभएका २५ देखि ३० जना बालबालिका पनि विद्यालय आउन थालेका छन्, उनीहरूलाई पनि खाजा खुवाएर पठाउँछु, यसले विद्यालय भर्ना अभियानमा टेवा पुग्नेछ ।’एक कक्षादेखि १० कक्षासम्म पठनपाठन हुने यस विद्यालयमा प्राथमिक तहमा दुई सय ४२ विद्यार्थी भर्ना भए पनि एक सय देखि एक सय पचास मात्र नियमित आउने गरेका थिए । तर विद्यालयमा खाजा कार्यक्रम सञ्चालनमा आएपछि दैनिक दुई सय पचहत्तरीको हाराहारीमा बालबालिकाहरू आउन थालेको विद्यालयले जनाएको छ । माध्यमिक विद्यालय गैर मात्र हैन ग्रामिण भेगका अधिकांश विद्यालयमा खाजा कार्यक्रम सञ्चालनमा आएपछि बालबालिकाको संख्या बढ्दो छ । खाजा कार्यक्रम सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका दलित एवं विपन्न परिवारका बालबालिका विद्यालयमा नियमित भएका छन् । यसअघि उनीहरूनै विद्यालयमा नियमित थिएनन् । गरिबीका कारण अभिभावकलाई मजदुरीमा सघाउनुपर्ने बाध्यता र मजदुरीमा जाँदा अभिभावकसँगै बालबालिकाले पनि खाने कुरा पाउने हुनाले बालबालिका विद्यालय छोडेर अभिभावक सँगै मजदुरीमा जान्थे।

२०७५ चैत १३ गते ११:०७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: