A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni4jc7k62ccfidjnuqj7qirtek8ujjh8f): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सोधेको प्रश्नको जवाफ दिन नसक्दा छात्रामाथि कुटपिट

विराटनगरस्थित लर्डबुद्ध स्कुलमा अध्ययनरत छात्रामाथि शिक्षकले निर्घात कुटपिट गरेका छन्। कक्षा ८ मा अध्ययनरत छात्रा अनुश्का ठाकुरलाई बुधबार सो विद्यालयका शिक्षक सागर सिंहले कुटपिट गरेका हुन्। शिक्षकले सोधेको प्रश्नको जवाफ नदिँदा विद्यार्थीलाई शिक्षकले कुटपिट गरेको अनुश्काका ठुलोबुवा लालमोहन ठाकुरले बताए। ठाकुरले भने ‘सोधेको प्रश्नको जवाफ दिन नसक्दा चोटै चोट हुनेगरी शिक्षकले कुटपिट गरे।’ विद्यार्थीलाई कुटपिट गरेको विषयमा विद्यालयमा बुझ्न खोज्दा विद्यालयका प्रिन्सीपलले फोन समेत नउठाएको ठाकुरले बताए। शिक्षकको कुटपिटबाट विद्यार्थीको हत्केलामा चोट लागेको छ। विराटनगर महानगरपालिका बालमैत्री नगर घोषणा भएको ५ वर्ष वितिसके पनि अझैसम्म विद्यालयमा बालबालिकालाई कुटपिट गर्ने, डर, त्रास देखाउने क्रम भने रोकिएको छैन। हरेक विद्यालयमा बालमैत्री शिक्षा लागू गर्ने र  विद्यार्थीलाई कुनै पनि बाहनामा कुटपिट नगर्ने प्रतिबद्धता विद्यालयहरूले जनाए पनि विराटनगरका नीजि विद्यालयले प्रतिबद्धता पालना गरेका छैनन्। यता विद्यालयका प्रिन्सीपल विरु झाले विद्यार्थीमाथि कुटपिट भएको घटनाबारेमा आफूले सबैकुरा बुझ्न नपाएको प्रतिक्रिया दिए। उनले घटनाका विषयमा बुझेर शिक्षकले कुटपिट गरेको पाइए कारबाही गर्ने दावी गरे। ‘विद्यालयका शिक्षकहरूलाई कुनै पनि बाहनामा विद्यार्थीलाई कुटपिट नगर्न विद्यालयले निर्देशन दिएको छ’ उनले भने ‘कुनै शिक्षकले कुटपिट गरेको पाइए विद्यालयले कारबाही गर्छ।

२०७६ पुष २३ गते ७:५३ मा प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: