A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ढिला आएको भन्दै शिक्षकले विद्यार्थीको कान फुटाइदिए

नवलपुरको बुलिङ्टार-६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापकले कुटेर विद्यार्थीको कान नै फुटाइदिएका छन् । निर्धारित समयभन्दा विद्यालयमा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटपिट गरेका हुन् । घाइते खुमानको कानबाट रगत बगिरहेको छ । उनको कानभित्र भएको क्षतीका बारेमा चेकजाँच भैरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । प्रध्यानाध्यापक श्रेष्ठले प्रार्थन चलिरहेका बेला खुमानसहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटेका थिए । घाइते विद्यार्थी खुमानको पुरानो मेडिकल कलेज भरतपुर उपचार भैरहेको छ । यसअघि पनि उनले विद्यार्थीहरुलाई नियमित पिट्दै आएको पीडित विद्यार्थीहरुको भनाइ छ । शिक्षक ओमकुमार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिने तयारी गरेको पीडित बालकका वुवा वीरबहादुर सार्कीले बताए । विद्यालय प्रधानाध्यापक श्रेष्ठले पनि विद्यार्थीहरु नियमित रुपमा ढिला आउन थालेपछि कुटेको स्वीकार गरेका छन् । विद्यार्थीहरुलाई गालामा पिट्दा खुमानलाई कानमा लागेर रगत आएको हुन सक्ने उनले बताए । प्रध्यानाध्यापक श्रेष्ठले खुमानको उपचारमा लाग्ने सबै रकम आफूले व्यहोर्ने बताए । तर, विद्यार्थीको कानमा पहिले नै समस्या भएकोले रगत आएको उनको दावी छ ।

२०७५ असोज ३ गते १२:३५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: