A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsg95knshdcegnsm6k96omldariehup93): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कम्प्युटरबिनै पढ्छन् विद्यार्थी

कुमाख गाउँपालिका ३, मर्मपरिकाँडास्थित कालिका आधारभूत विद्यालयमा कक्षा सातमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटर पढाउँदा शिक्षिका रीता चन्दले सधैं आफ्नो मोबाइल प्रयोग गर्छिन् । कम्प्युटर र मोबाइलका केही एप्लिकेसन समान भएकाले उनलाई अध्यापन गराउन केही सजिलो भएको छ । तर विद्यालयमा कम्प्युटर नहुँदा उनी विद्यार्थीलाई कम्प्युटरसम्बन्धी सैद्धान्तिक कुरा मात्र सिकाउन बाध्य छिन् । कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले कम्प्युटर विषय अध्ययनको माग गरेपछि विद्यालयमा पढाउन सुरु गरिएको छ । तर ४ वर्षदेखि विद्यालयमा कम्प्युटरबिनै अध्यापन भइरहेको छ । बिजुली नपुगेको भन्दै साविक जिल्ला शिक्षा कार्यालयले कम्प्युटर सहयोग नगरेपछि अध्यापनमा समस्या भएको विद्यालयले जनाएको छ । गाउँ बाहिर गएको बेला कम्प्युटर र ल्यापटप देखे पनि छुन र चलाउन नपाएको कक्षा ८ मा अध्ययनरत नैना पुनले बताइन् । ‘विद्यालयमा कम्प्युटर पढाइ हुन्छ भन्नेमात्र छ,’ उनले भनिन्, ‘हामीले चलाउन र छुन अझै पाएका छैनौं । कम्प्युटरको व्यवस्था गर्न विद्यालय प्रशासनसँग बारम्बार माग गरे पनि आर्थिक समस्या देखाउँदै बेवास्ता गरिएको छ। कम्प्युटर शिक्षिका चन्दले कम्प्युटर हुँदा विद्यार्थीले छिटो सिक्ने भए पनि विद्युत् नहुँदा समस्या भएको बताइन् । विद्युत् भएको भए जसरी पनि अभिभावकको सहयोगमा पनि कम्प्युटर खरिद गरिन्थ्यो होला, उनले भनिन्, ‘सौर्य ऊर्जा जडान गर्न बढी खर्च लाग्ने भएकाले विद्यालय प्रशासनले समेत केही गर्न सकेको छैन ।’ उनका अनुसार विद्यालयले कम्प्युटर विषयको सैद्धान्तिक परीक्षामात्र लिने गरेको छ ।

प्रधानाध्यापक वीरेन्द्रराज चन्दले विद्यालयमा सोलार जडानका लागि वैकल्पिक ऊर्जा केन्द्रसँग आग्रह गरे पनि पहिला विद्यालयले २० प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान भएपछि समस्या भएको जनाए । उनका अनुसार आर्थिक अभावको समस्या झेल्दै आएको विद्यालयमा उक्त रकम जम्मा गर्न समस्या भएको छ । विद्यालयमा पढाइमात्र हुन्छ, प्रयोगात्मक कक्षा सञ्चालन गर्न समस्या छ,’ उनले भने, ‘अधुरो पढाइले बालबालिकाम समस्यामा परेका छन् । विद्यालयका अनुसार कक्षा ६ मा १५, ७ मा १७ र ८ मा २४ विद्यार्थीले कम्प्युटर विषय अध्ययन गरिरहेका छन्। विद्यालयले विद्यार्थीले कम्प्युटर नदेखेरै परीक्षा दिने गरेको जनाएको छ । ‘कम्प्युटर कस्तो हुन्छ भनेर देखाउनुपर्‍यो भने मोबाइलको प्रयोग गर्नुपर्छ, चन्दले भने, विद्यार्थीले कम्प्युटरको बारम्बार माग गर्दै आइरहेका छन्, हामी आफैं आर्थिक समस्यामा छौं, कसरी कम्प्युटर खरिद गर्नु ? बिजुली गाउँमा नपुग्दासम्म जसोतसो कक्षा सञ्चालन गर्ने उनले जानकारी दिए । सैद्धान्तिकभन्दा कम्प्युटर चलाउँदा बालबालिकाले छिटो सिक्ने भए पनि समस्या भएको उनको गुनासो छ । अहिलेसम्म गाउँमा बिजुली नहुँदा पनि समस्या भएको उनले जनाए । अहिले गाउँपालिकासँग कम्प्युटर र सौर्य ऊर्जाको माग गरेको उनले जानकारी गराए । गाउँपालिकाले अहिले विद्युतीकरणको काममा प्राथमिकता दिएकाले एक वर्षमै विद्यालयमा कम्प्युटर जडान हुने उनले बताए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारीले सातवटै वडामा विद्युतीकरण गर्न पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिए । उनले विद्युतीकरण भएपछि सबै विद्यालयमा कम्प्युटर शिक्षा लागू गर्ने गरी योजना बनाइएको उनको भनाइ छ । उनले त्यसका लागि गाउँपालिकाले विभिन्न निकायसँग समन्वय गरिरहेको जनाए । उक्त विद्यालय मात्र होइन जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा कम्प्युटर शिक्षा पढाउने शिक्षक कम्प्युटर नहुँदा सैद्धान्तिक विषयमात्र पढाउन बाध्य छन् । जिल्लाका अधिकांश गाउँमा विद्युतीकरण नहुँदा शिक्षक र विद्यार्थीलाई अध्ययन अध्यापनमा समस्या भएको छ।

२०७५ फागुन ८ गते १०:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: