A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रेमीबाट नछुट्टिन सानैमा गर्भ

१५ वर्षीया छोरी हराएपछि परिवारले प्रहरीमा जाहेरी दियो । प्रहरीले पत्ता पनि लगायो । गुलरिया नगरपालिकाकी ती किशोरी बिहे गरेर गर्भधारणसमेत गरिसकेको अवस्थामा फेला परिन् । अनुसन्धानमा उनी आफ्नै मर्जीले प्रेमीसँग भागेको खुल्यो । पछिल्लो समय सानै उमेरमा प्रेमविवाह गर्ने र तत्काल गर्भधारण गरिहाल्ने समस्या विकराल देखिएको छ । कानुनले २० वर्षभन्दा मुनिको बिहेलाई मान्यता दिँदैन । बालविवाह गरेकालाई प्रहरीले छुटाएर अभिभावको जिम्मा लगाइदिने गर्छ । किशोरीहरूले प्रेमीसँग छुट्टिन नपरोस् भनेरै तत्काल गर्भधारण गर्ने गरेको प्रहरीको बुझाइ छ । ‘यस्तो समस्या मुलुकभरि फैलिसकेको छ । कम उमेरमा बिहे गरेर भाग्ने घटना बढेका छन्,’ जिल्ला प्रहरी बर्दियाका निमित्त प्रमुख डीएसपी रामशंकर कोहारले भने, ‘भागेर बिहे गरेका किशोरी खोजेर परिवारलाई बुझायो, केही दिनमा फेरि भाग्छन् ।’ पहिले किशोरकिशोरीको मन्जुरीबिनै सानै उमेरमा बिहे गरिदिने प्रचलन रहेकामा अहिले उनीहरू आफैं अभिभावकको मञ्जुरी नलिई बिहे गर्ने गरेका छन् । भागेर भारत पसेका यस्ता थुप्र्रै बालजोडी त्यहाँबाट सन्तान जन्माएर मात्र फर्किएका उदाहरण छन् । ‘किशोरकिशोरी हराएका उजुरी प्रदेश ५ र कर्णाली प्रदेशका जिल्लाबाट बढी आउने गरेका छन् । खोज्दै जाँदा कतिपय किशोरीले गर्भ बोकिसकेका थिए ।

केही त बच्चा हुर्काइरहेका भेटिए,’ जिल्ला प्रहरी बाँकेका एसपी वीरबहादुर वलीले भने, ‘यस्तो जटिल अवस्थाका किशोरीलाई आमाबुबाको जिम्मा लगाउने कि के गर्ने समस्या छ । हामीकहाँ उनीहरूलाई राख्ने सेल्टर पनि छैन ।’उनका अनुसार प्रहरीले छुटाएर अभिभावकको जिम्मा लगाउन थालेपछि किशोरकिशोरीले गर्भ बोक्ने विकल्प रोजेका हुन् । पाँच महिनादेखि बेपत्ता भनी आफन्तले खोजीका लागि जाहेरी दिएकी मधुवन नगरपालिकाकी एक किशोरी नेपालगन्ज नाका हुँदै भारत पसेको खुल्यो । प्रहरी भारतीय समकक्षीको सहयोगमा उनीसम्म पुग्यो । ती किशोरी पनि प्रेमीसँग भागेकी रहिछन् । उनको गर्भमा दुई महिनाको बच्चा थियो । ‘एक–दुई घटना मात्र छैनन् । नेपालगन्ज मुख्य नाका भएर होला, यस्ता घटना दिनहुँ बाहिर आइरहेका छन् । किशोरीसँग सोधपुछ गर्दा प्रेमीसँग नछुट्टिन यसो गरेको भन्छन्,’ एसपी वलीले भने, ‘यस्तो अवस्थामा उनीहरूलाई कसरी छुटाउनु १ नछुटाए कानुन उल्लंघन हुन्छ ।’ प्रहरीका अुनसार अभिभावकले पनि गर्भवती भएको जानकारी पाएपछि छोरी जिम्मा लिन आनाकानी गर्छन् ।कानुनअनुसार उमेर नपुगेका केटाकेटीको विवाह गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । यस्तो विवाह स्वतस् बदर हुन्छ । बहुविवाहमा दोषीलाई पाँच वर्षसम्म कैद हुन सक्ने प्रावधान छ । तैपनि प्रदेश ५ मा बालविवाह झन् विकराल बन्दै छ । ०६८ को जनगणनाअनुसार साबिक मध्यपश्चिमाञ्चल क्षेत्रमा ५३ प्रतिशत बालविवाह हुने गरेको छ । त्यससँगै पूर्वाञ्चलमा ३४, मध्यमाञ्चलमा ४०, पश्चिमाञ्चलमा ३६ र सुदूरपश्चिमाञ्चलमा ४८ प्रतिशत बालविवाह हुने गर्छ । ‘अहिले एक दिनमै दुईरतीन बालविवाहका घटना आउँछन् । उमेर नपुगेकालाई सम्झाइ–बुझाई अभिभावकको जिम्मा लगाउँछौं,’ बर्दिया प्रहरीको महिला सेलकी प्रमुख मीना तामाङले भनिन्, ‘कतिपय केस गम्भीर अवस्थाका आउँछन्, जसले हामीलाई नै समस्यामा पार्ने गरेका छन् ।’मुलुकी ऐन, २०२० मा १४ वर्ष नपुगेकी केटी र १८ वर्ष नपुगेको केटाले विवाह गर्न नपाउने व्यवस्था थियो । त्यसपछि केटीको उमेर १६ वर्ष कायम गरियो । मुलुकी ऐनको ११ औं संशोधनबाट विवाहका लागि महिला–पुरुष दुवैको उमेर संरक्षकको मञ्जुरीले १८ वर्ष र मञ्जुरी नभए २० वर्ष तोकियो । पछिल्लोपटक ऐन संशोधन गरी न्यूनतम उमेर २० वर्ष कायम गरिएको हो ।

२०७६ कात्तिक १ गते ९:११ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: