A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाहमा संलग्‍नलाई दुई महिना कैद र दुई हजार जरिवाना

बालविवाह गर्ने र बाल विवाहमा संलग्न रहेको भन्दै जिल्ला अदालतले तीनजनालाई जनाही दुई महिना कैद र दुई हजार जरिवानाको फैसला सुनाएको छ । जिल्लाको शारदा नगरपालिका-४ पिपलनेटा निवासी १८ वर्षीया बेहुली, बेहुलाकी आमा र विवाहमा सहभागी ६६ वर्षीय पण्डित अशोक गौतमलाई जिल्ला अदालतको भदौ १८ गतेको फैसलाले सजाय सुनाएको जिल्ला अदालतका निमित्त प्रमुख हरिबहादुर राम्जाले जानकारी दिए । बेहुला भने उमेर नपुगेको नाबालक रहेको भन्दै सफाइ पाएको उनले बताए। असार २७ गते स्थानीयले बालविवाह भइ रहेको सूचना प्रहरीलाई दिएपछि प्रहरी घटनास्थलमा पुगेर चारैजनालाई गिरफ्तार गरेको थियो । बालविवाह न्युनिकरण गर्ने अभियानअन्तरगत जिल्लामा अहिले बालविवाह भएको थाहा पाएपछि स्थानीय आफै सक्रिय भई बालविवाह भएको खबर प्रहरीलाई दिने गरेका छन् । यसअघि पनि स्थानीयको सहयोग र प्रहरीको सक्रियतामा बालविवाह रोकिएका छन् । मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ को उपदफा १ मा बालविवाहसम्बन्धी कसुरअन्तरगत २० वर्ष उमेर नपुगी बालविवाह गर्ने गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपौयाँसम्म जरिवाना हुने उल्लेख छ।

२०७६ भदौ १९ गते ३:४४ मा प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: