समाचारमा बालबालिका

सहरमा पनि बालविवाह

बालबिवाह गरेकी रेखा अहिले घर न बारकी भएकी छिन् । उनी काकाको घरमा आ श्रय लिएर धनगढीमा बस्दै आएकी छिन् । उनी भन्छिन्, ‘प्रेम सम्बन्धले जीवनमा ठूलो धोका दियो । जबरजस्ती मलाई १५ वर्षकै उमेरमा माइतीबाट उठाइयो ।’ कुरो ५ वर्षअघिको हो । उनी कैलालीको भजनी क्षेत्रको एक स्थानीय विद्यालयमा कक्षा १० पढ्थिन् । त्यसबेला उनको उमेर १५ वर्ष मात्र थियो । गाउँकै उनको उमेरका विजयसँग हिमचिम बढ्दै गएको थियो । केटातर्फबाट प्रेम प्रस्ताव पनि आयो र घनीभूत ढंगले जोडिएको सम्बन्धमा उनले नकार्न सकिनन् । ‘प्रेम प्रस्ताव गरेको केही दिनमै केटाबाट विवाहको प्रस्ताव आयो,’ उनले भनिन्, ‘तर मैले स्वीकारेन, उसले विवाह नगरेअर्को केटी रोज्नेजस्ता धम्कीपूर्ण दबाब दिन लाग्यो । केही दिनपछि दसैं आयो । दसैंका दिन उनलाई विजयले आफ्नो घरमा लिएर गए । ‘विजयकी आमाले पनि फकाउन खोजिन्,’ रेखाले भनिन्, ‘तर मेरो विजयसँग प्रेम सम्बन्ध भए पनि अहिल्यै विवाह गर्दिनँ भनें । म पढ्छु भनें ।’ तर कुरो त्यतिकैमा अन्त्य भएन् । विजयकी आमाले आफ्नो छोरा प्रेममा पागल बन्दै गएकाले जबरजस्ती थुनेर राख्ने धम्की दिएकाले १ महिनाजति बाध्य भएर बस्नुपरेको बताइन् । ‘आमा र दाजु मलाई लिन पनि आएका थिए,’ उनले भनिन्, ‘त्यसबेला आमाबुबाको साथमा पनि घर फर्कन दिइएन ।’ रेखाको आमा र २ दाजुभाइ थिए । उनका बुबा सानैमा बितेका हुन् । उनकी आमाले किराना पसल थापेर घर खर्च चलाइरहेकी थिइन् ।

उनका अनुसार महिनादिन नपुग्दै विजय कामका लागि भारत गए । ‘घरको काम सबै आफैंले गर्नुपर्थ्यो,’ उनले भनिन्, ‘लाग्यो घरमा काम गर्न राखेको रहेछ ।’ यसैबीच उनको जबरजस्ती गरी बुहारी बनाएर राखेको पत्ता लागेको बालविवाहविरुद्ध कार्यरत संस्था वर्ल्ड भिजनका चेतराजभट्टराई बताउँछन् । उक्त घटना वडाध्यक्ष र वडा स्तरीय बाल संरक्षण समितिका प्रतिनिधिहरूको रोहबरमा जबरजस्ती बिवाह गर्न नसक्ने सम्झौता भएपछि रेखा र विजयलाई हस्ताक्षर गराइएको भट्टराई बताउँछन् । अहिले आमा र दाजुहरूले पढाइमा सघाएको उनले बताइन् । उनी कक्षा १२ मा व्यवस्थापन विषय लिएर अध्ययन गरिरहेकी छन् ।बालविवाहमा फसेर दुःख पाउने रेखा त एक प्रतिनिधि हुन् । समाजमा जबरजस्ती बालविवाहमा परेका अन्य थुप्रै घटना रहेको भट्टराईको अनुभव छ । उमेर नपुग्दै विवाह गर्ने चलन ग्रामीण क्षेत्रमा मात्र नभई तराईका सुगम तथा सहरी क्षेत्रमा पनि व्याप्त देख्न सकिन्छ ।स्वेच्छिक बालविवाहमा परेकी धनगढीकी निर्याता (नाम परिवर्तन) पनि अहिले पछुतोमा छिन् । उनी कक्षा ८ मा पढ्दापढ्दै आफैंले रोजेर १५ वर्षको उमेरमा प्रेम बिवाह गरिन् । ‘सानैमा बुबाले छाडेर गएपछि आफ्नो इच्छा र चाहना सहरमा बसेर पुरा गर्न सकेनँ,’ उनले भनिन्, ‘राम्रै घरको केटासँग प्रेम विवाह गर्दा भावी जिन्दगीका सपना पूरा होलान् भन्ने लागरे भागेरै विवाह गरेँ ।

२०७६ भदौ २४ गते ९:५४ मा प्रकाशित