A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session03teiff009u09n6fncuf5ocq3dk50ebg): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कलिलैमा बिहे, पढ्नै पाउँदैनन् छोरी

सरकारले उमेर नपुगी बिहे गरेको उजुरी परे कारबाही गर्छ । सरकारले कारबाही गरोस् नगरोस् उमेर नपुगी हुने बिहेले महिलाको स्वास्थ्य समस्याका बारेका पढेलेखेकालाई थाहा छ । तर, सिमकोट र नाम्खा गाउँपालिकाका लामा समुदायमा परम्परादेखि बालविवाह व्याप्त छ । सानै उमेरमा घर व्यवहार सम्हाल्नुपर्ने बाध्यताका कारण अधिकांश लामा समुदायका किशोरीले पढाइ पूरा गर्न पाउँदैनन् । नाम्खाका सबै बस्ती र सिमकोट गाउँपालिकाको दोजाम, लिमाटाङ, बरगाउँ, तार्पा, हुटिक, तुम्पोत, लाङदु र बुरौसेलगायत गाउँमा लामा समुदायको बर्चस्व छ । लामा किशोरी विद्यालय शिक्षा पूरा नहुँदै विवाह गरिसक्छन् र विभिन्न पारिवारिक बोझ बोक्न बाध्य हुन्छन् । समुदायमा किशोरीले सानै उमेरमा व्यापार व्यवसाय सम्हाल्नुपर्ने बाध्यता छ । जसका कारण अधिकांश बस्तीमा सातरआठ कक्षाभन्दा माथिल्लो पढाइ गरेका छोरीहरू भेटाउन मुस्किल छ । १३ वर्षको उमेरमा मागी विवाह गरेकी सिमकोट गाउपालिका–३ की च्याबुटी लामाले पठनपाठनबाट बञ्चित भएको बताइन् । बिहेपछि उनले १६ वर्षको छँदा छोरी त्यसको दुई वर्षपछि छोरा जन्माएकी हुन् । ‘सानै उमेरमा घरव्यवहारमा फँसियो । परम्परा त्यस्तै छ,’ उनले भनिन्, ‘हामीकहाँ छोरीको छिटै बिहे गरिदिन्छन् । २० वर्षमाथिका अविवाहित केटी भेटिँदैनन् ।’ विवाहपछि बुहारीले नयाँ घरपरिवारको व्यवसाय सम्हाल्ने गरेको उनले बताइन । ‘मेरा त ४ कक्षामा पढ्दापढ्दै बिहे भएको हो,’ उनले भनिन्, ‘त्यसपछि स्कुल जान पाइएन ।’ लामा समुदायमा आफ्नो जातिभित्र मात्रै विवाह गर्नुपर्ने चलन छ । ‘छोरी मान्छेलाई पढ्न लगायो भने जात छोड्छ भन्ने गलत मान्यता कायमै छ,’ उनले भनिन्, ‘त्यसैले छोरीले पढ्छु भन्दा पनि स्कुल पूरा गर्न पाउँदैनन् ।’ उनले बालविवाहका कारण कतिपय परिवारमा बेमेल र झगडा पनि देखिएको उनले  बताइन ।

शिक्षाको कमीका कारण लामा समुदायका महिलाको नेतृत्व विकास हुन नसकेको भनाइ महिला कल्याण सेवाकी निर्देशक लक्ष्मी लामाको छ । संस्थाले लामा समुदायमा महिला सशक्तिकरणको लागि काम गरिरहेको बताउँदै परम्परागत मान्यताबाट माथि उठ्न समय लाग्ने बताइन । ‘शिक्षामा भन्दा व्यापार व्यवसायमा चासो दिने चलनले समस्या हो,’ उनले भनिन्, ‘जसका कारण अभिभावकले सानै उमेरमा बालबालिकाको विवाह गरिदिन्छन् ।’ घर व्यवहारमा फस्दा धेरैजसो परिवारका छोराहरूले पनि विद्यालय शिक्षा पूरा गर्न नपाएको पाइने उनले बताइन । बालविवाह र बहुविवाह रोक्न समाज चेतनशील हुनुपर्ने उनको भनाइ छ । बालविवाहविरुद्ध स्थानीय तहले विभिन्न अभियान सञ्चालन गर्दै आइरहेकाले विस्तारै परिवर्तन आउने सिमकोट गाउँपालिका उपाध्यक्ष बली रावतले बताइन् । ‘कर्णाली प्रदेश सरकारले सुरु गरेको बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रमले बालविवाह न्यूनीकरण गर्ने अपेक्षा छ,’ उनले भनिन्, ‘प्रदेश सरकारको कार्यक्रम बालविवाह न्यूनीकरणमै लक्षित छ ।’ स्थानीय सरकारले पनि नियमित रुपमा सबै वडा र टोलमा बालविवाह न्यूनीकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालनमा लागिपरेकाले क्रमिकरूपमा सकारात्मक परिवर्तनप्रति अपेक्षा गर्नुपर्ने उनले बताइन् । जनगणना २०६८ अनुसार नाम्खा गाउँपालिकामा लामा समुदायको जनसंख्या ३ हजार ९ सय छ । जिल्ला समन्वय समितिका अनुसार जिल्लाभर लामा आठ हजार आठ सय छ । जसमा ५१ प्रतिशत संख्या महिला र बालिकाको छ।

२०७६ पुष ३ गते १०:२३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: