A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionov9mljflv5nq8oijevk57d6fo823js7l): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह गरे विद्यालयमा प्रतिबन्ध

शिद्धकुमाख गाउँपालिकाको ढोडचौरस्थित नीराजन माध्यमिक विद्यालय बालविवाहमुक्त बनेको छ । घोषणासँगै विवाह गरेका विद्यार्थीलाई पठनपाठनमा प्रतिबन्ध लगाइएको हो । बालविवाहको समस्या बढ्दै गएपछि विद्यालयलाई २०७१ मा बालविवाहमुक्त घोषणा गरिएको थियो । अहिले विद्यालयमा विवाह गरेका विद्यार्थीको संख्या शून्य छ । शिक्षा विकास तथा समन्वय एकाइका प्रतिनिधि, अभिभावकलगायतको संयुक्त बैठकले बालविवाहमुक्त विद्यालय घोषणाको निर्णय गरेको हो । विवाह गरे विद्यार्थीले आफै पढाइ छोड्ने गरेका छन् । केही विद्यार्थी गाउँबाहिरका विद्यालयमा भर्ना भएका छन् । प्रधानाध्यापक धर्मबहादुर घर्तीले विद्यालयले गरेको निर्णयले गाउँमा बालविवाह न्यूनीकरण भएको बताए । ‘बालविवाह कानुनविपरीत हो भन्ने थाहा पाए पनि घट्न सकेको थिएन, विद्यालयको निर्णयको सकारात्मक प्रभाव परिरहेको छ,’ उनले भने, ‘विवाहले बालबालिकालाई पार्ने असरबारे नियमित अतिरिक्त कक्षा चलाइरहेका छौं, सबैको सहमतिमा निर्णय गरिएकाले प्रभावकारी कार्यान्वयन भइरहेको छ ।’ अहिले आसपासका क्षेत्रमा समेत बालविवाह घटेको उनले जानकारी दिए । उनका अनुसार विद्यार्थीले बालविवाह गरेको थाहा पाए विद्यालयबाट निष्काशन गर्ने गरिएको छ । प्रधानाध्यापक घर्तीका अनुसार विवाह गरेका विद्यार्थीलाई भर्ना लिने गरिएको छैन । ‘अरू विद्यालयमा पढ्न जान्छौं भने उनीहरूलाई सर्टिफिकेट दिइनेछ,’ उनले भने, ‘विवाह गरेका करिब एक दर्जन विद्यार्थीले आफैं पढाइ छाडेका छन् ।’ पठनपाठनमा विद्यार्थीलाई सक्रिय बनाउन पनि उक्त निर्णय महत्त्वपूर्ण भएको उनी बताउँछन् । प्रधानाध्यापक घर्तीका अनुसार २ वर्षदेखिको मिहिनेतपछि बालविवाहमुक्त विद्यालयको निर्णय गरिएको हो । एकै वर्ष ८० विद्यार्थीले विवाह गरेपछि विद्यालयले बालविवाह निषेधित बनाउने अभियान सुरु गरेको थियो । अभिभावकै निर्णय कार्यान्वनका लागि सक्रिय भएपछि सजिलो भएको शिक्षकहरू बताउँछन् । अभिभावक रामबहादुर चलाउनेले बालविवाहमुक्त विद्यालय बनाइएसँगै पठनपाठन प्रभावकारी बन्दै गएको बताए ।‘अहिले विद्यार्थीले नै बेला–बेलामा बालविवाहविरुद्धका सचेतनामूलक कार्यक्रम गरिरहेका छन्,’ उनले भने, ‘आसपासका गाउँमा पनि बालविवाह घटिरहेको छ ।’ उनका अनुसार यस वर्ष विद्यालयमा बालविवाह गरेका विद्यार्थीको संख्या शून्य छ ।विद्यालयमा अहिले ५ सय ८० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले विभिन्न शैक्षिक सुधारका उपाय अवलम्बन गरेपछि विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । विद्यालयमा कजेरी, डाडागाउँ, चाँदेकरेन्जी र बाझकाँडाबाट बालबालिका पठनपाठनका लागि आउने गरेका छन्।

२०७६ भदौ १८ गते ९:४१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: