A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionb2o07jsil873omenmfvfq53rdqtvvc38): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह रोक्न ‘संकल्प’

तराई–मधेसमा उमेर नपुगी बालविवाह गराइदिने चलनको अन्त्य हुन नसकेको भन्दै यहाँका तीन स्थानीय तहले त्यसविरुद्ध संकल्प गरेका छन्। ‘बिस के बाद सादी कराउ, बालबच्चा के भविष्य सुनेरहा बनाऊ’ भन्ने मूल नाराका साथ रेखा थापा फाउन्डेसनले जिल्लाभित्र अभियान थालेपछि गौर, राजदेवी र यमुनामाई नगरपालिकाले बालविवाह रोक्ने संकल्प गरेको हो। तीनवटै नगरपालीकाले गौरमा शुक्रबार बालविवाहविरुद्ध संकल्पसभाको आयोजना गरेका थिएरु। अबदेखि बालविवाह हुन नदिने प्रतिबद्धतासहित नगरप्रमुखहरूले संकल्प गरे। उनीहरूले आफ्नो नगरपालिकाभित्र उमेर नपुगी विवाह गराउन लागेको छ भने अभिभावकलाई बोलाएर सम्झाउने र हुन नदिने बताएका छन्। जिल्लाका विभिन्न गाउँका दलित र सुकुम्बासी बस्तीमा यस्तो समस्या बढी देखिएको छ। मुस्लिम समुदायमानै उमेरमा विवाह गरिदिने अहिले पनि चलन छ। सानैमा विवाह गरिदिंदा विभिन्न खाले स्वास्थ्य समस्या आउने संकल्पसभा कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताए। ‘बालविवाह एक सामाजिक अपराध हो। यसले समाजमा नराम्रो समस्या ल्याउँछ,’ उनले भने, ‘बालविवाहविरुद्ध लाग्न सबैलाई अनुरोध गर्छु।’ उमेर नपुगी विवाह गरिदिंदा अकालमा ज्यान जाने घटना धेरै भएको उनले सुनाएरु। बालविवाह गराउनेलाई कानुनले छुट नदिने उनको भनाइ थियो। संकल्पसभा कार्यक्रममा विभिन्न विद्यालयका बालबालीकाको ठूलो संख्यामा उपस्थिति थियो। उनीहरूले बालविवाहविरुद्ध नृत्य प्रस्तुत गरे। गौर नर्सिङ कलेजकी छात्रा विकिता खनालले बालविवाह समाजका लागि काल बनेको बताइन्। उनले थोरै समय खर्चेर बालविवाहबारे भाषण गरिन्। पछिल्लो समय फाउन्डेसका अध्यक्ष एवम् कलाकार रेखा थापा प्रदेश २ को बालविवाहविरुद्धको अभियन्ता र दूतको रूपमा काम गर्दै आएकी छन्। थापाले विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरूसित छलफल सुरु गरेकी छिन्। बालविवाह रोक्ने उपाय र स्थानीय तहको भूमिकाबारे उनले नगरप्रमुखलगायतसित राय सुझाव लिंदै आएकी छन्। उनकै अगुवाइमा नगरपालीकाहरूले बालविवाह रोक्न संकल्प गरेका हुन। अध्यक्ष थापाले सभामा बालविवाहविरुद्धको अभियानमा लाग्न सबैलाई आग्रह गरिन्। ‘तराई मधेसमा चरम गरिबी अशिक्षा र विभिन्न समस्याले अभिभावकले सानै उमेरमा विवाह गरिदिनाले समस्या आएको हो,’ उनले भनिन्, ‘यस्तो विकराल समस्या समाधानका लागि सबै एकजुट हुनुपर्छ।

कार्यक्रममा तीनवटै नगरप्रमुखले बालविवाह हुन नदिने प्रतिबद्धता जनाए। यहाँको मुस्लिम र दलित समुदायमा यस्तो समस्या बढी छ। महिला बालबालिका सेवा केन्द्र गरुडाको तथ्यांकअनुसार जिल्लामा मुस्लिम समुदायमा सानैमा विवाह हुँदा घरेलु हिंसाको घटना हुने र उजुरी दिनेको संख्या बढी छ। यो जिल्ला बालविवाह हुनेमा पर्छ। जिल्लाका विभिन्न गाउँहरूमा संघसस्थाले बालविवाहविरुद्ध अभियान चलाए पनि रोकिएको छैन। यहाँ छोरीलाई सानै उमेरमा विवाह गराउने चलन छ। विद्यालयसमेत पठाउँदैनन्। यस्तो अवस्थामा फाउन्डेसनले अभियानको रूपमा लैजान लागेको हो। दलितहरू सानै उमेरमा विवाह गरिदिंदा दाइजो कम लाग्ने बताउँछन्। त्यसैले पनि उनीहरूमा यस्तो समस्या विद्यमान छ। संस्थाहरूले बालअधिकार, लैंगिकता, यौनिकता, यौन तथा प्रजनन स्वास्थ्य, अधिकारकाको क्षेत्रमा काम गर्दै आए पनि पूर्ण रूपले अन्त्य भएको छैन। बालविवाहका विषयमा बालक, किशोर, पुरुषहरूको सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिंदै आएको छ। यसले केही हदसम्म न्यून देखिएको छ। गौर नगरपालिका प्रमुख अजय गुप्ताले नगर क्षेत्रमा बालविवाह हुन नदिन संकल्प गरिएको बताए। ‘हामी आफ्नो क्षेत्रबाट रोक्ने प्रयासमा लाग्छौं,’ उनले भने, ‘यसमा सबैको साथ र सहयोग चाहिन्छ। सरोकारवालाहरूले बालविवाहविरुद्ध सामाजिक अभियान सञ्चालन गर्न बालक्लब र समुदायका बालबालिकाहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिमको व्यवस्था गरिंदै आएका छन्। बालमैत्री पूर्वाधार तयार गरी सुरक्षित वातावरणको उचित व्यवस्थापनका लागि शिक्षक, कर्मचारी तथा व्यवस्थापन समितिका पदाधिकारीहरूलाई आवश्यक तालिम प्रदान गर्दै आएको जनाइएको छ। सरकारले बालविवाहविरुद्ध सामुदायिकस्तरमा बालक्लब, युवा क्लब तथा समूहमा बालिकाहरूको सहभागितालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाऊ बेटी बचाऊ अभियानको घोषणा गरेका थिए।

२०७५ पुस २३ गते १:२५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: