A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionustnhsmps2c6kirp31c7flh5s3kq2g26): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाहविरुद्धको अभियानमा बैतडीका किशोरी

बैतडीका विभिन्न स्थानीय तहका किशोरीहरुले बालविवाह न्यूनीकरण अभियान जारी राखेका छन्। बालविवाह न्यूनीकरणका लागि उनीहरुले साप्ताहिक रुपमा कक्षा सञ्चालन गरेर जानकारी दिने गरेको दशरथचन्द नगरपालिका–२ का रेजिना टेलरले बताईन्। उनले भनिन् ुसाप्ताहिक रुपान्तरण कक्षामा बालविवाह, महिला हिंसा न्यूनीकरणका सवालमा केन्द्रित रहेर छलफल गर्ने गरेको छौुं  किशोरीवृत समूहमा बालविवाह न्यूनीकरण बिषयमा छलफल हुने र यसले गाउँघरमा हुने बालविवाह रोक्नका लागि पहल गरिरहेको सिगास–१ का बबिता भट्टले बताइन्। उनले भने बालविवाहले पार्ने असरका बारेमा घरदैलो कार्यक्रम गरेर समेत सिकाउने गरेका छौं। किशोरीवृतमा हुने छलफलले गाउँघरमा बालविवाह न्यूनीकरणका लागि सहयोग पुर्‍याईरहेको हो। बैतडीको पाटन नगरपालिका, दशरथचन्द नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले बालविवाह न्यूनीकरण कार्यक्रम गर्दै आएको छ। बालविवाह न्यूनीकरणका लागि किशोरीहरुलाई सक्रिय गराउने उद्देश्य विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए।  बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन भएका स्थानीय तहका किशोरीवृत साप्ताहिक रूपान्तरण कक्षा सञ्चालन हुँदै आएको रेडक्रसका कार्यक्रम संयोजक कमल भट्टको भनाइ छ। बालविवाह बढी हुन थालेको र बालविवाहले विभिन्न समस्या निम्तिन थालेपछी स्वय्‌म किशोरीले जागरुक भएका छन्।  बालविवाहका कारण महिलाहरुले थुप्रै किसिमका हिंसाहरु खेप्नुपरेको भन्दै  बैतडीका किशोरीहरु बालविवाह विरुद्धको अभियानमा जुटेका हुन्। बालविवाहका कारण महिला तथा किशोरीहरुले थुप्रै खालका हिंसाहरु खेप्नुपरेकाले आफूहरु बालविवाह विरुद्धको अभियानमा जुटेको किशोरीहरुले बताएका छन् । बालविवाहका कारण थुप्रै समस्या हुने गरेकाले आफूहरुले सामूहिक रुपमा अभियान चलाएको पञ्चेश्वर गाउँपालिका अमराडीका मञ्जु चन्दले बताईन्। उनले भन्नि ुबालविवाह न्यूनीकरणका लागि आफूहरुले गाउँमा अभिभावकसहितलाई सचेत गराउन थालेका छौ। विभिन्न सामाजिक, आर्थिक लगायतका कारणहरुले बर्षौंदेखि बालविवाह हुँदै आएको छ। बालविवाहले खास गरेर किशोरी तथा महिलाहरुमा समस्या निम्त्याउन थालेपछि यसको न्यूनीकरणका लागि किशोरीहरु जुट्न थालेका हुन्।  बालविवाहका कारण महिलाहरुले थुप्रै किसिमका हिंसाहरु खेप्नुपरीरहेकाले आफूहरु बालविवाह विरुद्धकोअभियानमा सक्रिय भएको शिवनाथ गाउँपालिकाका अर्की किशोरी सोनिया पार्कीले बताईन्। उनले भनिन् ुबालविवाह न्यूनीकरणका लागि पहिला आँफै सचेत हुने र पछि अरुलाई पनि सचेत गराउने कार्यमा लागेका छौं। बालविवाहका कारण किशोरीहरुले विद्यालय छोड्नुपर्ने, छिटै बच्चा जन्माउनुपर्ने, स्वास्थ्यमा विभिन्न समस्याहरु आउने कुरा आफूले थाहा पाएपछि गाउँमा पनि समूहमा सिकाउने गरेको पार्कीको भनाइ छ।

२०७६ कात्तिक १ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: