A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विवाह गर्ने उमेरमै सम्बन्धविच्छेद

निशा चेपाङ १८ वर्षमा टेकिन् । तीन छोराछोरीकी आमा उनलाई छाडेर पति सन्चलालले दोस्रो विवाह गरे । उनी कान्छी लगेर राक्सिराङ गाउँपालिका–७ धिराङको खोरिया फाँडेर बसेका छन् ।१३ वर्ष पुग्न एक महिना बाँकी हुँदै निशाको सन्चलालसँग बिबाह भएको थियो । निशासँग अहिले ९ महिनादेखि चार वर्षसम्मका एक छोरा र दुई छोरी छन् । घरायसी उत्पादनले तीन महिना खान नपुग्ने उनलाई छोराछोरी हुर्काउन र पेट भर्न हम्मे छ । राक्सिराङ गाउँपालिकाको काँकडाका २१ वर्षीय रमिला चेपाङले पति आइतरामको दबाबमा अदालतबाट सम्बन्धविच्छेद गरिन । ५ वटा छोराछोरीकी आमा रमिलासँग आइतरामले एक वर्षअघि देखि सम्बन्ध तोड्न चाहेका थिए । तर उनले मानेकी थिइनन् । रमिलालाई दबाब दिएर उनले अदालतबाटै सम्बन्धविच्छेद गर्न सफल भए । सधैं कुटपिट गरिरहने भएकाले बाध्य भएर सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दिएको रमिलाले बताइन् । आफ्नो नाममा एक धुर जमिन पनि नभएकी उनलाई ५ वटा छोराछोरी हुर्काउने जिम्मेवारी पनि थपिएको छ । ७ वर्षअघि रमिला र आइतरामबीच मागी विवाह भएको थियो । निशाा र रमिलाको मात्र होइन्, कैलास गाउँपालिकाको भार्ताकी १७ वर्षीया सम्झना चेपाङको नियति पनि उस्तै छ । विवाह गर्ने कानुनी उमेर नपुग्दै पति सुमनसँग उनको सम्बन्धविच्छेद भएको छ । १२ वर्षको उमेरमा सम्झना र सुमनबीच विवाह भएको थियो । एउटै स्कुलमा तीन कक्षामा अध्ययन गरिरहेका सुमन र सम्झनाकाबीच अभिभावकले विवाह गरिदिएका थिए । सम्झनाको साथमा अहिले २ छोरा र एक छोरी छन् । सुमन र सम्झनाबीच कानुनी रूपमा सम्बन्धविच्छेद नभए पनि व्यावहारिक रूपमा भइसकेको छ । त्यसो त उनीहरूको विवाह दर्ता पनि गरिएको छैन ।

सुमनले गत पुसमा भार्ताकै १८ वर्षीया एक युवतीलाई विवाह गरेर चितवनमा बस्न थालेका छन् । सम्झनालाई उनले मोबाइलबाट ‘तिमीलाई मैले छोडिदिएँ’ भनेका छन् । भार्ताकी १८ वर्षीया सोनिका चेपाङ र १९ वर्षीय अमर चेपाङबीच अदालतबाट गत फागुन ११ गते सम्बन्धविच्छेद भएको छ । अदालतबाट सम्बन्धविच्छेद भएपछि सोनिकाले आफ्नो नागरिकताबाट पति अमर चेपाङको नाम हटाउन जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेकी थिइन् । विवाह गर्ने उमेर नपुगेकी किशोरी सम्बन्धविच्छेद गर्न आएको भन्दै सहायक प्रजिअ विनोदकुमार खडकाले आश्चर्य प्रकट गरे । सोनिकाले ५ वर्षअघि अमरसँग विवाह भएको थियो । ‘२० वर्ष नपुगिकन विवाह नपाउने कानुनी प्रावधान छ । तर १८ वर्षकी किशोरी सम्बन्धविच्छेद गर्न आइन,’ सहायक प्रजिअ खडकाले भने, ‘अदालतद्वारा सम्बन्धविच्छेद भएपछि जति वर्षको भए पनि नागरिकताबाट पतिको नाम हटाउनैपर्‍यो ।’ यस्तो घटना सोनिकाको मात्र होइन, जिल्ला प्रशासन कार्यालयमा धेरैको आउने गरेको छ । विवाह गर्ने उमेर नपुगेकाहरूको सम्बन्धविच्छेद हुने गरेको छ । अदालतले पनि ऐन कानुनका कुराभन्दा पनि व्यावहारिक कुरालाई पछ्याएकाले विवाह गर्न उमेर नपुगेका दम्पतीबीचमा पनि सम्बन्धविच्छेद गर्न आदेश दिने गरेको अधिवक्ता ईश्वर ढकालले बताए । ‘यो कानुनी कुराभन्दा पनि समाजमा चल्दै आएको बालविवाहका कारणले अदालतले विवाह गर्न उमेर नपुगेका पतिपत्नीबीच पनि सम्बन्धविच्छेदको आदेश दिने गरेको हो,’ उनले भने । मकवानपुरको चेपाङ समुदायमा बालविवाह प्रथा अझै कायम छ । बालविवाहका कारण परिवारमा विखण्डन र छोराछोरीको भविष्य अन्योलमा पर्ने गरेको छ । बालविवाहका कारण चेपाङ महिलाको अल्पायुमै मृत्यु हुने गरेको छ । ‘बालविवाहका कारण चेपाङ महिला र बालबालिकामा विभिन्न किसिमका समस्या देखापर्ने गरेका छन्,’ महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख शोभा शाहले भनिन्, ‘मकवानपुरको चेपाङ समुदायको जीवनमा परिवर्तन ल्याउन बालविवाहलाई नियन्त्रण गर्नुपर्छ ।’बालविवाहकै कारणले चेपाङ समुदायमा बहुविवाह पनि मौलाएको छ । मकवानपुरको उत्तरपश्चिमी क्षेत्रमा पर्ने काँकडा, खैराङ, भार्ता, सरिखेत, डाँडाखर्क, कालिकाटार, राक्सिराङलगायत क्षेत्रमा चेपाङ समुदायका ८६ प्रतिशत बालिकाको ११ वर्षदेखि १५ वर्षको उमेरमा नै विवाह हुने गरेको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरले गत वर्ष स्थलगत अध्ययनपश्चात् सार्वजनिक गरेको उक्त प्रतिवेदनका अनुसार अधिकांशको विवाह अभिभावकले गरिदिने गरेका छन् ।

 २०७४ चैत्र २८ गते ७:४२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: