A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालमैत्री नगर बन्दै तिलागुफा

तिलागुफा नगरपालिका बालमैत्रीउन्मुुख बनेको छ । नगरपरिषद्ले बालमैत्री स्थानीय शासनका सूचक पूरा गरी ५ वर्षभित्र नगरपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी तीव्र बनाएको छ । नगरको वडा २ र ४ राँचुलीलाई मंसिरमा बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको वडा घोषणा गरिएलगत्तै नगरका अन्य वडा पनि बालमैत्री बनाउन जनप्रतिनिधिहरू सक्रिय छन् । नगरपालिकाले नगरभित्रका सबै गाउँबस्तीलाई बालमैत्री बनाउन बालमैत्री भौतिक संरचना, सबै बालबालिकाको शिक्षा, स्वास्थ्य, खोप, पोषण र बालमैत्री वातावरण तथा व्यवहारका लागि पहल गरिरहेको नगरप्रमुख रतनबहादुर शाहीले बताए । नयाँ संरचनाअन्तर्गत राँचुली नेपालमै पहिलो बालमैत्री शासन अवलम्बन गरिएको गाउँ बनेपछि अध्ययन भ्रमणका लागि विभिन्न ठाउँबाट आन्तरिक पर्यटकका रूपमा आगन्तुक आउन थालेका छन् । ‘बालमैत्री नगर बनाउन सबै सूचकमा काम गरिरहेका छौं,’नगरप्रमुख शाहीले भने, ‘सबै वडाले २० प्रतिशत बजेट बालबालिकाको योजनामा खर्च गर्ने लक्ष्य राखेका छन् ।’ उनले विद्यालयका भौतिक पूर्वाधार, बाटोघाटो, खेलमैदान, खानेपानी तथा सरसफाइ, बालविवाह न्यूनीकरणलगायत सामाजिक अभियान सञ्चालन गरिरहेको जानकारी दिए । तिलागुफा नगरपालिकाभित्र पर्ने साबिकका जुविथा, छाप्रे, फोइमहादेव यसअघि नै बालविवाहमुक्त, बालश्रममुक्त, खुला दिसामुक्त, अनिवार्य तथा आधारभूत शिक्षामा पहँ‘ुच पुगेको, विद्यालय शान्तिक्षेत्र, साक्षर, पूर्ण जन्मदर्ता र पूर्ण खोपयुक्त घोषणा भइसकेका छन् । एक वर्षभित्र तिलागुफा नगरपालिकालाई बालमैत्री घोषणा गर्न सकिने उपप्रमुख दन्ता नेपाली दर्शनाले बताइन् । नगरलाई बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको गाउँ बनाउन वडा १ नाग्म र वडा ३ फोइमहादेवले पूरा गरेको सूचकबारे अनुगमनसमेत गरिएको छ । १ र ३ वडाले ७० प्रतिशत सूचक पूरा गरिसकेको जिल्ला बालमैत्री स्थानीय शासन समितिकी उपाध्यक्ष लक्ष्मी विष्ट नेपालीले बताइन् । राँचुलीपछि फोइमहादेव र चिल्खायाललाई एक वर्षभित्र बालमैत्री गाउँ घोषणा गरिने जनाइएको छ । त्यस्तै जुविथा र छाप्रेमा पनि ६० प्रतिशत सूचक पूरा भइसकेको छ । स्थानीय सरकार बालमैत्री नभए बालबालिकाको सवाल ओझेलमा पर्न सक्ने भएकाले बालमैत्री स्थानीय शासन लागू गर्न सक्रिय भएको ३ नम्बर वडाध्यक्ष सूर्यबहादुर शाहीले बताए । ‘स्थानीय सरकार बालमैत्री नभएसम्म बालबालिकाले अधिकार प्राप्त गर्न सक्दैनन्, शाहीले भने, ‘त्यसका लागि वडापालिका सक्रिय छौं। उनले बालश्रम, बालविवाह, बहुविवाह, बाल हिंसा अन्त्यका लागि घोषणा महत्त्वपूर्ण हुने बताए । गाउँलाई १ वर्षदेखि अनिवार्य आधारभूत शिक्षायुक्त, सबैको जन्मदर्ता भएको, खोपयुक्त, विद्यालय शान्तिक्षेत्र, पूर्ण साक्षर र बालविवाहमुक्त बनाउन अभियान सञ्चालन गरिएको महादेव माविका प्रधानाध्यापक नरदीप शाहीले बताए । तिलागुफा १ मा बालमैत्री वातावरण बनाउन अभिभावक शिक्षामा जोड दिएको वडाध्यक्ष दलबहादुर कटुवालले बताए । उनका अनुसार घरपरिवारमै बालबालिकालाई सम्मान गर्न, उनीहरूको आवश्यकता र अधिकारमा ध्यान दिन अभिभावक भेलामार्फत अभियान चलाइएको छ। जिल्ला समन्वय समितिले दाहा, रकु, नानीकोट र जुविथालाई बालमैत्री स्थानीय शासन लागू भएका गाउँ बनाउन धेरै सूचक पूरा भइसकेको जनाएको छ ।

२०७५ साउन २६ गते ९:०० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: