A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छोरीलाई मासिक भत्ता

छोरी भए पनि छोरा जन्मने बाटो हेर्ने तर छोरा जन्मे बन्ध्याकरण गर्ने परिपाटीका कारण अझै सन्तानमा विभेद कायमै रहेको पाइन्छ । छोरा र छोरीबीच विद्यमान विभेद कम गर्न सरुमारानी गाउँपालिकाले छोरीलाई मासिक भत्ता दिने गरी कार्ययोजना तयार गरेको छ। गाउँपालिकाले ल्याएको बालिकामैत्री नीति तथा कार्यक्रमले धेरै छोरी जन्माएका आमालाई समेत राहत मिलेको सरुमारानीका सामाजिक अगुवाले बताए । गाउँपालिकाले ल्याएको छोरीलाई मासिक भत्ता कार्यक्रम’ निकै लोकप्रिय भएको बांगेसालस्वास्थ्य चौकी इन्चार्ज विमला ज्ञवालीले बताइन् ।‘छोरा नभएका आमा छोरी जन्मे घर फर्कंदा मन खिन्न बनाउँथे, उनले भनिन्, कार्यक्रमपछि अवश्य पनि अवस्था फेरिनेछ । छोरी जन्मिँदा आमाहरू खुसी देखिनेछन् ।’ उनले गाउँपालिकाले ल्याएको कार्यक्रमले महिलालाई सम्मान मिलेको बताइन् । गाउ“पालिकाले छोरीलाई भत्ता दिने कार्यविधिसमेत बनाइसकेको छ । गाउँपालिकाभित्र जन्मिने हरेक छोरीको नाममा सहकारीमा खाता खोलिदिने र त्यही खातामा भत्ता जम्मा हुनेछ । आव ०७५।७६ को साउनदेखि जन्मने छोरीका लागि पेवाबचत कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । अहिले पनि समाजमा छोरी जन्म“दा नाक खुम्च्याउने र छोरा हुँदा भोज खुवाउने चलन रहेकाले त्यसको अन्त्य गर्न र छोरीको सम्मानका लागि यस्तो कार्यक्रम अघि सारिएको उनले बताए । ‘त्यसले छोरीमाथि हुने विभेदलाई अन्त्य गर्नेछ, उनले भने, ‘आर्थिक र सामाजिक रूपले पनि सक्षम गराउने विश्वास छ।

समाजमा छोरीप्रतिको दृष्टिकोण राम्रो नभएकै कारण कार्यविधि बनाएर कार्यक्रम लागू गरिएको उनले बताए । उक्त रकम छोरीको शिक्षा, स्वास्थ्यलगायतमा मात्र खर्च गर्न मिल्नेछ । कार्यक्रमले छोरीमाथि हुने लैंगिक हिंसा न्यूनीकरण, छोरा–छोरीमा हुने विभेद हटाउने र समाजमा छोरीप्रतिको सकारात्मक धारणा विकास गर्ने गाउ“पालिकाको अपेक्षा छ । चालु वर्षमा यो कार्यक्रमका लागि २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । यसै आवदेखि जन्मिएका छोरीका लागि मासिक एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था छ । ‘यो कार्यक्रम नया“ सोचसाथ सुरु गरेका हौं,’ विश्वकर्माले भने, ‘आगामी वर्षमा रकम बढाइनेछ । ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्था बडडाँडा र साना किसान कृषि सहकारी संस्था बांगेसाल गरी दुई सहकारीमा छोरीका लागि बचत गर्ने व्यवस्था मिलाइएको छ । छोरी पेवा बचत कार्यक्रम सञ्चालनका लागि कार्यविधिले २० वर्षे अवधारणासमेत अघि सारेको गाउ“पालिकाका कानुनी सल्लाहकार यादव खनालले बताए । ‘बालिका १० वर्षको हुँदासम्म गाउँपालिकाले नै बचत खातामा रकम जम्मा गरिदिन्छ,’ उनले भने, ‘बाँकी १० वर्षसम्म अभिभावक स्वयंले रकम जम्मा गर्नेछन् । कार्यक्रमलाई लक्षित गरी गाउँपालिकाले सहकारी शिक्षासमेत सञ्चालन गरेको छ । हालसम्म गाउँपालिकाभित्र जन्मिएका ३५ छोरीका नाममा गाउँपालिकाले सहकारीमा खाता खोलिसकेको छ । छोरीहरूको सम्मान, संरक्षण, सम्पत्तिमाथिको अधिकारका लागि जन्मिनेबित्तिकै खाता खोलिदिने गरिएको छ । अहिले छोरीका नाममा खोलिएको बचत खाताबाट भविष्यमा उनीहरूमाथि आइपर्ने आर्थिक समस्या समाधान गर्न सहयोग पुग्ने गाउ“पालिकाको विश्वास छ । आर्थिक रूपमा सबल भए छोरीको शिक्षामा सहयोग पुग्ने र महिला हिंसामा समेत कमी गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण सहयोग गर्ने मानव अधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष पार्वता आचार्यले बताइन् । ‘छोरा नै चाहिन्छ भन्नेका लागि कार्यक्रमले राम्रो सन्देश दिएको छ, उनले भनिन्, ‘यो छोरीलाई पनि राज्यले सम्मान गर्छ भन्ने उदाहरण हो ।

२०७५ फागुन ९ गते ९:०६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: