A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhqsce4s0ghdb1ls5mls1nlf4hjbavvfd): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालगृहका बालबालिकाले मनाए दसैं

https://ekantipur.com/pradesh-3/2020/10/28/16038563992391267.html, कार्तिक १२, २०७७

मकवानपुर — सरकारी स्वामित्वमा रहेको भीमफेदी बालगृहका बालबालिकाहरुले यसवर्षको दसैं खुशीयालीका रुपमा मनाउने अवसर पाएका छन् ।

विभिन्न चाडपर्वको समयमा प्रायः नेपालीको घरमा रमाइलो हुने गरेको भएपनि बालगृह भने सुनसान हुन्थ्यो । तर, स्थानीय तहको चुनावसँगै बालगृहमा विभिन्न चाडपर्वहरु मनाउन थालिएको छ ।

भीमफेदी–६ स्थित बालगृहमा यसवर्ष गाउँपालिकाका अध्यक्ष हिदम लामा र जिल्ला बाल संगठन मकवानपुरका अध्यक्ष अशोक सारु मगरले केन्द्रमा रहेका बालबालिकालाई टीका, जमरा लगाइदिएर बालबालिकासँग दसैं मनाएका छन् ।

२०५७ सालमा स्थापना भएको बालगृहमा हाल ६ देखि १७ वर्ष उमेर समूहका ३५ जना बालबालिका रहेका छन् । उनीहरु कक्षा १ देखि १० सम्म भीमफेदीका विभिन्न विद्यालयमा अध्ययन गर्छन् ।

सरकारले बालगृह स्थापना गरेपनि गैरसरकारी संस्थाको भरमा बालगृह सञ्चालन हुँदै आएको छ । ललितपुरस्थित गैरसरकारी संस्था चिल्ड्रेन होमले लामो समयदेखि बालगृह सञ्चालनमा सहयोग गर्दै आएको छ । सरकारले बालगृहहरु व्यवस्थित गर्न जिल्ला बालसंगठनहरु पुनर्गठन गरेपछि भने यस्ता बालगृहहरुले पुनर्जीवन पाउने अपेक्षा गरिएको छ ।

राणा र राजाहरुको समयमा काठमाडौंबाट तराई आउजाउ गर्ने क्रममा सरकारी उच्च ओहदाका व्यक्तिहरु बस्ने केन्द्र रहेको बालगृहको नाममा करिब डेढ बिगाहा जमिन र भौतिक संरचना रहेको गृहका कार्यालय प्रमुख सुरेन्द्र सापकोटाले बताए । गृह सञ्चालनका लागि आवश्यक ३९ वटा सूचकमध्ये अधिकांश सूचक यो बालगृहले पूरा गरेको छ ।

जिल्ला बाल संगठनसाग सहकार्य गरी बालगृहलाई व्यवस्थित गर्दै देशभरका अभिभावकविहीन बालबालिकालाई आश्रय र पठनपाठन गराउने केन्द्रको रुपमा विकास गर्ने योजना रहेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: