A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

धेरैको मृत्यु टाउकाको चोटले

बारामा आइतबार साँझको शक्तिशाली हुरीका कारण ज्यान गुमाएकामध्ये अधिकांशको टाउकामा चोट देखिएको छ । मृतकहरूको मुचुल्का विवरण संकलनमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार वयस्क र अधबैंसेहरू भाग्दा टाउकाको पछाडि वा अगाडिको भागमा चोट लागेको देखिएको छ । बालबालिकाको मृत्यु भने गुम्सिएर भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका इन्स्पेक्टर चन्द्रकिशोर साहका अनुसार २६ जनाको मुचुल्का र सनाखत सोमबारै भएको छ । मृतक एक भारतीय नागरिकको भने परिवार वा आफन्त नआएकाले सनाखत र मुचुल्का भएको छैन । सबै मृतकको सोमबारै नारायणी अञ्चल अस्पतालमा पोस्टमार्टम सकिएको छ । पोस्टमार्टममा संलग्न डा. आशुतोष बादलले हावाहुरीका बेला भागदौडमा ठोक्किएर धेरैको मृत्यु भएको बताए । भाग्दा टाउकाको अगाडि वा पछाडिको भागमा गहिरो चोट लागेर आन्तरिक रक्तस्राव भएको देखिन्छ,’ उनले भने, ‘केहीको भने गह्रौं वस्तु टाउकामा खसेर चोट लागेको छ । डा. बादलले बालबालिकाको भने हावाहुरीपछि भाग्दा सामानले छोपिएर वा भत्केका संरचनाको चेपमा परी गुम्सिएर ज्यान गएको हुन सक्ने बताए । ‘मृत्यु भएका बालबालिकाहरूको शरीरमा गहिरो चोट देखिँदैन, बरु श्वासप्रश्वासमा अवरोध देखिन्छ । यसको अर्थ उनीहरू गुम्सिएका थिए भन्ने हो,’ उनले भने । मृत्यु भएका २७ जनामा ५ वर्षमुनिका दुई जना देखिन्छन् । ५ देखि १० वर्ष उमेर समूहका १, १० देखि २० वर्ष उमेर समूहका ५, २० देखि ५० वर्ष उमेर समूहका १२, ५० वर्षमाथिका ४ र उमेर नखुलेका ३ जना देखिन्छन् । इन्स्पेक्टर साहले केहीको भाग्दाभाग्दै रूख र पर्खालले च्यापिएर निधन भएको बताए । उनका अनुसार मेरुदण्डको चोट लागेर मृत्यु हुनेमध्ये केहीको कम्मर भाँचिएको छ । अधिकांश मृतकको बाहिरीभन्दा भित्री चोट देखियो,’उनले भने।

२०७५ चैत १९ गते ७:४२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: