समाचारमा बालबालिका

बालिका बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

रुपन्देहीमा बालिका बलात्कारको प्रयास गरेको भन्दै एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सास्कृतिक नगरपालिका–१०, बस्ने १२ वर्षीय बालिकालाई लुम्बिनी विकास कोषको झाडी भित्र बलात्कार गर्न खोजेको आरोपमा भारतको बरेलीपुरका २४ वर्षीय मोहम्मद रसिदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बगैंचाभित्र फूल टिप्न लागेको बेला रसिदले बलात्कारको प्रयास गरेपछि चिच्चाएकी ती बालिकाको प्रहरीले उद्धार गरेको थियो । पक्राउ परेका रसिद कपिलबस्तुको सुद्धोधन गाउँपालिकामा रहेको इटा उद्योगका मजदुर रहेको प्रहरीले जनाएको छ ।

२०७४ फागुन २८ गते ७:२८ मा प्रकाशित