A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

किनमेल गरेर फर्कँदै गरेका चेपाङ किशोरीमाथि कुटपिट

किनमेल गरेर घर फर्कँदै गरेका दुई चेपाङ किशोरी अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका छन् । चितवनको विकट पहाडी गाउँ लोथरको कान्दामा आइतबार दिउँसो घटना भएको थियो । १० र १७ वर्षीया किशोरीहरु सिमाना जोडिएको धादिङ गोठीभञ्ज्याङमा रहेको पसलबाट किनमेल गरेर घर फर्कँदैगरेका बेला कुटपिट भएको हो ।बाटोमा पिछा गर्दै आएको अन्दाजी ३० वर्षको व्यक्तिले अचानक कपाल समाएर लछार पछार गरेको उनीहरुले बताए । १७ वर्षकी किशोरीको बयानका आधारमा ती व्यक्तिले बलात्कारको प्रयास गरेको देखिन्छ । तर प्रारम्भिक परीक्षणबाट बलात्कार भएको नदेखिएको चितवन प्रहरीले जनाएको छ । काठमाडौंमा बसेर कक्षा दुई र सातमा पढ्दै गरेका किशोरीहरु जाडो बिदा भएपछि पुस २५ गते घर आएका थिए । उनीहरु माघ ११ गते काठमाडौं फर्कँदै थिए । किनमेल गर्न गएको गोठीभञ्ज्याङ घरदेखि अढाई घण्टा पर छ, जहाँ एउटा मात्रै पसल छ ।‘फर्कँदै गर्दा डाँडामा त्यो मान्छे देखियो । पहिला सामान्य बोलचाल भयो । हामीले चिनेको मान्छे थिएन त्यसैले धेरै बोलेनौं, बाटो लाग्यौं । हिँड्दै गर्दा पछि अचानक त्यो मान्छे आएर कपाल समायो । हान्न खोज्यो । हामीले किन यसो गरेको हो, तैले के खोजेको हो भन्दा एक छिन तल जाउँ, जाउँन जाउँ भन्यो’ १७ वर्षीया किशोरीले भनिन् । दुवैजनाको हाल भरतपुरको सरकारी अस्पतालमा उपचर भइरहेको छ । अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ड डा।कृष्णप्रसाद पौडेलका अनुसार दुवै किशोरीको टाउकोमा चोट छ । १७ वर्षीया किशोरीको टाउकोमा ८ र १० वर्षीयाको टाउकोमा तीनवटा टाँका लगाइएको छ । १० वर्षीया किशोरीको टाउकोमा रगत पनि जमेको देखिएको चिकित्सकहरुले बताएका छन् । अपरिचत व्यक्तिले तल जान कर गरेपछि जान्न भन्दै रुखमा समाएर बस्दा ती व्यक्तिले तानेर हुत्याएको र लौराले हानेको १७ वर्षीया किशोरीले बताइन् । प्ररारम्भिक परिक्षणमा नदेखिए पनि बलात्कार भएको हो वा हैन भन्ने विषयमा सुक्षम रुपले परिक्षण हुँदै छ । कुटपिट गर्ने व्यक्तिको विवरण लिएर प्रहरी परिचालनगरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरलेबताए।

२०७५ माघ ७ गते ११:३५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: