समाचारमा बालबालिका

यस्तो पनि शिक्षा : बालबालिका पढ्ने विद्यालयमा गाईगोठ

महोत्तरीको गौशाला नगरपालिका–७, मनहर्वाको विद्यालय गाईगोठमा परिणत भएको छ । मनहर्वाको नेपाल राष्ट्रिय जनजाति आधारभूत विद्यालयमा शिक्षकको कमी, कक्षा कोठाको अभावले गर्दा बालबालिका पढ्नबाट बञ्चित भएका हुन् । विद्यालय संचालन रहेको क्रममा स्थानीयहरुले भैंसी, बाख्रा चराउने चौरको रुपमा प्रयोग गर्दै आएका छन् । विद्यार्थी पढिरहेको बेला गाईबस्तु चराउन ल्याउँदा बरन्डामा पढ्दै आएका विद्यार्थीहरुको ध्यान अन्यत्र केन्द्रित हुने र पठनपाठनमा प्रभावित हुँदै आएको विद्यालयका प्रधानाध्यापक द्रोपतीदेवी यादवले बताउनुभयो । अझ स्थानीयले त त्यो विद्यालय क्षेत्रको १६ कठ्ठा जग्गा अतिक्रम गरी टायर गाडा राख्ने, गाई भैंसी बाध्ने गोठ बनाएका छन् । गएको वैशाख १३ गते विद्यालय पुगेर धुर्मुस–सुन्तलीले पुस्तौंदेखि विद्यालय जानबाट बञ्चित रहेका १ सय २५ मुसहर बालबालिकालाई शैक्षिक समाग्री वितरण गर्दै विद्यालयमा भर्ना गरेका थिए । अहिले विद्यालयमा दुई सय २५ विद्यार्थी छन् ।६ वर्षअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यही क्षेत्रको मुसहर बस्तीमा बास बस्न पुगेका थिए ।

२०७५ असोज २ गते २:४७ मा प्रकाशित