A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session5509a4igko1aokmc5h0l9pcecl6nn6j8): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एसिड प्रहारबाट घाइते छात्रालाई थप उपचारको लागि काठमाडौं लगियो

वीरगज महानगरपालिका रेशमकोठीस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत  छात्रा १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार बिहानै एसिड प्रहार भएको छ। वीरगन्ज, छपकैया २  निवासी १५ वर्षीया खातुनमाथिद दुई युवाहरुले मेनरोडदेखि गणेशमान चौकतिर जाने बाटोमा एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। एसिड प्रहारले छात्राको मुखदेखि मुनिको शरीरको दाहिने भाग जलेको नारायणी अस्पतालका आकाश्मिक कक्षका चिकित्सकले बताए। एसिड प्रहारबाट मुख,हात, छाती पाखुरामा गम्भिर घाउ भएको प्रहरी नायव उपरीक्ष अन्नतराम शर्माले समेत जानकारी दिए। गल्लिमा रहेका एक शैलुनमा पहिलादेखि नै घात लगाएर बसेका दुई जनायुवाले छात्रामाथि एसिड प्रहार गरी भगेको प्रत्यदर्शीले बताए। छात्रा सोही बाटो भएर दैनिक विद्यालय जाने गरेको जानकारी राखेका ति युवाले मौका छोपी एसिड आक्रमण गरेका हुन। विद्यालय पोषाकमा नै रहेको अवस्थामा छात्रामाथि एसिड प्रहर भएको हो। एसिड आक्रमणपछि छात्रा कराउन थालेपछि स्थानीयले अस्पतलमा पुर्याएका थिए। तत्कालै प्रहरी पनि सक्रिय भएकोले घटनामा संलग्न छपकैया निवासी समसाद मिया पक्राउ परेका छन्। घटनामा संलग्न समसादलाई पक्राउ गरिसकेको र अन्य एक युवक माजिदमियालाई प्रहरीले खोजीगरी राखेको  प्रनाउ शर्माले जानकारी दिए। एसिड प्रहारबाट घाइते भएकि छात्रालाई थप उपचारका लागि काठमान्डौं पठाइएको छ।छात्राको अवस्थालाई मध्यनजर गर्दै प्रारम्भीक उपचार गरेका चिकित्सकले काठमाडौं लैजान सल्लाह दिएका थिए। पर्सा निर्वाचन  क्षेत्र १ का सांसद प्रदिपयादवले घाइते छात्राको परिवारलाई नगद ५० हजार प्रदान गर्दै थपउपचारका लागि काठमाडौं लैजान सहयोग गरेका छन्। साँसदयादवका स्वकीय सचिव निखिल वर्णवालले पीडित छात्राका अभिभावकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। एसिड आक्रमणबाट घाइते छात्रालाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले समेत सहयोग गरेका छन्। एम्बुलेन्सको प्रबन्ध गरी कीर्तिपुरको ‘बर्ना अस्पताल पठाइएको नारायणी अस्पताल पुगेका नगरप्रमुख सरावगीले बताए। घट्नाको चौतर्फी निन्दाभएको छ। कुनै पनि बहानामा एसिड प्रहारका दोषीले सजाय पाउनुपर्ने माग स्थानीयको छ।

२०७६ भदौ २० गते ११:४१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: