A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionrvgs6cefkc5qv0n1e0cvo37ant4kdvin): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

इन्टरनेटमार्फत हुने बालदुर्व्यवहार रोक्न निर्देशिका

नेपाल दूरसञ्चार प्राधिरकणले ‘अनलाइन बालसुरक्षा निर्देशिका, २०७६’ जारी गरेको छ । सूचना तथा संचार प्रविधिको विकाससँगै अनलाइन (बेवसाइट, एप, सामाजिक सञ्जाल)मार्फत बालबालिकामाथि बढ्दो दुर्व्यवहारका घटनालाई न्यूनीकरण गर्न निर्देशिका जारी गरिएको हो। निर्देशिकाले दुर्व्यवहार र अनुचित सामग्रीको छानबिन यथाशीघ्र गर्ने प्रणाली स्थापित गर्नुपर्ने व्यवस्था गरेको प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले बताए । दूरसञ्चार सेवा प्रदायकले बाल दुर्व्यवहारजन्य सामग्री तुरुन्त हटाउने प्रणाली विकास गर्नुपर्ने भएको छ । प्राधिरकणले पनि कानुन कार्यान्वयन निकाय, सेवाप्रदायक तथा अन्य सरोकारवालाहरु समेतको सहभागितामा अनलाइन बालदुर्व्यवहार घटना उजुरी प्रणाली विकास गरी संचालनमा ल्याउने छ । दुर्व्यवहारजन्य सामग्री वा लिंकमा उजुरी गर्ने संरचना विकास गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । सेवा प्रदायकले गम्भीर प्रकृतिका घटनाको जानकारी प्रहरी वा कानून कार्यान्वयन गर्ने निकायलाई गराउनुपर्नेछ ।अब सेवा प्रदायकले प्रयोगकर्ता, अभिभावक वा हेरचाहकर्ताको नियन्त्रण रहने अनलाइन सामग्रीमा पहुँच प्राप्त गर्न सक्ने औजार (टुल्स) उपलब्ध गराउनु पर्नेछ । यस्तै सेवा तथा सामग्रीमा उमेर समूह स्पष्ट अवगत हुने गरी उल्लेख गर्नुपर्ने भएको छ । निर्देशिकामा आफ्ना बालबालिकाको इन्टरनेट प्रयोगको नियमित रेखदेख गर्नु सम्बन्धित अभिभावकको कर्तव्य हुने उल्लेख छ ।बालबच्चालाई अभिभावकले नै इन्टरनेटको सुरक्षित प्रयोग तथा सुरक्षा औजारको सदुपयोग सम्बन्धमा आवश्यक अभिमुखीकरण गर्नुपर्ने भनिएको छ ।जोखिमजन्य विज्ञापन तथा बालबालिकालाई उक्साउने तथा भड्काउने जस्ता सन्देशहरुलाई सीमित गर्न आवश्यक पहल गर्नु सम्बन्धित अभिभावकको कर्तव्य हुने निर्देशिकामा बताइएको छ ।

२०७६ पुष २३ गते ७:०७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: