A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionfa295pac737l5ucq59diosddet1krn56): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चाल्नाखेलमा मृत भेटिएका दुई विद्यार्थीको भिसेरा परीक्षण गरिने

https://ratopati.com/story/172977/2021/3/24/death-body  चैत ११, २०७७

काठमाडौं । दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलमा मृत फेला परेका दुईजना विद्यार्थीको पोष्टमार्टम सकिएको छ ।  अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार नुवाकोट घर भएका १६ वर्षीय अर्जुन खड्काले विष खाएको भेटिएको छ । काभ्रेका १८ वर्षीय मंगल तामाङले चाहिँ विष खाए–नखाएको खुलेको छैन । 

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट चिकित्सकले अनुसन्धान अधिकृतलाई बताएका छन् । चिकित्सकले शव परीक्षणको लिखित रिपोर्ट प्रहरीलाई दिइसकेका छैनन् ।  पोष्टमार्टमको लिखित रिपोर्ट आउन बाँकी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए । 

बाङ्गेमूढा बस्ने उनीहरु कक्षा १० मा अध्ययनरत थिए । चैत ६ मा चाल्नाखेल जंगलमा उनीहरुको शव फेला परेको थियो । घटनास्थलमा सेल्फोस नामक किटनाशक औषधीको बट्टा फेला परेको छ ।  अर्जुन र मंगलको भिसेरा परीक्षण गरिने भएको छ । विषको मात्रा पत्ता लगाउन मुटु, कलेजो र आन्द्राभुँडीको स्याम्पल लिएर प्रहरीको विधि विज्ञान प्रयोगशालामा भिसेरा जाँच गरिने एसपी बस्नेले रातोपाटीलाई बताए । 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: