A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond76d1usl80c758fb0enne2inegea248o): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुई बालिकासहित एक किशोरी बलात्कृत

https://ratopati.com/story/224641/2022/3/5/rape- दुई बालिकासहित एक किशोरी बलात्कृत

दैलेखमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चामुनण्डाबिन्दाशैनी नगरपालिका-४ नाओ बस्ने २४ वर्षीय नबिन शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । नबिनले आफ्नै घरमा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जम्बुकाधबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यता ललितपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-५ लेले चम्पेश्वरी बस्ने सल्यान कालिमाटी गाउँपालिका-१ पोखरा घर भएका २३ वर्षीय प्रकाश भन्ने छबिलाल खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काले ती बालिकालाई ललाई फकाई गोदावरी नगरपालिका-५ लेलेस्थित तरकारी खेती गरेको टनेलामा लगि बिहीबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी टिकाभैरब र महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तै झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-२ खतिवडा चोक बस्ने २५ वर्षीय रोहित शिवालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रोहितले गत फागुन १२ गते ती बालिकालाई ललाई फकाई आफ्नो घरमा लगि जबरजस्ती करणी गरेको भन्ने जाहेरी प्राप्त भएपश्चात ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: