समाचारमा बालबालिका

महोत्तरीमा दुई बालक अलपत्र अवस्थामा फेला

https://annapurnapost.com/news/child-mahotari-196427 ०४ फागुन २०७८

महोत्तरी : गौशालामा २ जना बालक अलपत्र अवस्थामा रहेका छन्। गएराति गौशाला नगरपालिका १२ स्थित एघारनम्बर गाउँमा ती बालकहरु अलपत्र अवस्थामा फेला परेका हुन्।

गाँउदेखि २ सय मिटरको दुरीमा रहेको जंगलछेउको विषहरामाई मन्दिरको नजिकै रहेको एक होटेलमा ती बालक फेला परेका स्थानीय शशिकुमार महतोले बताए। महतोले भने, ‘मंगलबार झम्मकै साँझ परेको समयमा अज्ञात एक व्यक्तिले ती बालकलाई दिलबहादुरको होटेलमा नास्ता खुवाउन लगेका थिए। ती व्यक्ति अबेर रातिसम्म फर्केर नआएपछि ती बालक  हाल अलपत्र अवस्थामा छन्।’

हाल ती बालकहरुको जिम्मेवारी नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति दिनेश महतोको जिम्मेवारीमा रहेको छ।