प्यूठानमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु
https://ekantipur.com/pradesh-5/2021/04/07/161777856364395417.html चैत्र २५, २०७७
प्यूठान — प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।
बुधबार बिहान ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उाका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीया छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।
घरमा अभिभावक नभएको बेला आगलागी भएको अध्यक्ष गिरीले बताए । अहिले प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।