A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session37i0cu7ugqv7fuoc5i77gjqf9a156bss): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ट्रकको ठक्करबाट बालकको मृत्यु, राजमार्ग दुवैतर्फ ठप्प

http://annapurnapost.com/news/170171   ०३ मङि्सर २०७७

धादिङ : त्रिभुवन राजपथको नागढुङ्गा नौविसे सडकखण्ड अन्तरगत खानीखोला बजारमा मालवाहक सवारी साधनको ठक्करबाट एक स्थानीय बालकको मृत्यु भएपछि राजमार्ग दुवै तर्फ बन्द भएको छ।

दिउँसाे साढे तीन बजेतिर काठमाडौंट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्वरको ट्रकले धुनीवेशी ७ का स्थानीय रितेश तामाङलाई ठक्कर दिँदा तामाङको घटनास्थलमै मृत्यु भएको थियो।

स्थानीय बालकको मृत्यु भएपछि चालकलाई कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग दुवैतर्फ बन्द गराएका छन्। 

राजमार्गमा सय भन्दा बढी स्थानीय जम्मा भएर विरोध प्रदर्शन गरिरहेकाले खुलाउन प्रहरीले पनि सकेको छैन। घटनापछि ट्रकका चालक र सहचालक इलाका प्रहरी कार्यलय खानीखोलाको नियन्त्रणमा रहेका छन्। 

डेढ घण्टा भन्दा बढी सवारी आवागमन ठप्प भएपछि राजधानी भित्रिने र बाहिरिने सवारी साधनको दुवैतर्फ लामो जाम देखिएको छ।

इलाका प्रहरी कार्यालय खानीखोलाको टोलीले पीडित पक्षहरुलाई आन्दोलन नगर्न आग्रह गरेको भएपनि स्थानीयले राजमार्ग अवरुद्ध गरिरहेका छन्।  

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: