A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session51obd09a6d95fgqkr24a6r7eod9jeiu8): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चट्याङले घाइते लमजुङका एक विद्यार्थीको मृत्यु

https://ekantipur.com/pradesh-4/2021/03/16/16158939301141697.html  चैत्र ३, २०७७

लमजुङ — लमजुङको क्‍व्होलासोथार गाउँपालिका–४ भुजुङमा मंगलबार दिउँसो चट्याङ लागेर घाइते भएका ३ विद्यार्थीमध्ये एक जनाको मृत्यु भएको छ ।

हेलिकप्टरमार्फत पोखरा लगेर मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका अन्दाजी १७ वर्षीय विनोद विश्वकर्माको साँझ साँढे ५ बजेतिर मृत्यु भएको हो । उपचारस्थलमा रहेका क्‍व्होलासोथार गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार हेलिकप्टरबाट उपचारका लागि ल्याइएका ३ जनालाई तत्काल मणिपाल लगिएकोमा उपचार गर्दागर्दै मृत्यु भएको डाक्टरले घोषणा गरेका थिए ।

भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विश्वकर्मासँगै छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका थिए । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङका अनुसार मंगलबार दिउँसो सवा ३ बजेतिर परेको छट्याङले छात्राबासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् । उनीहरुलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गाउँपालिका अध्यक्ष घलेको सहयोगमा उपचारका लागि अस्पताल पुर्‍याइएपनि एक जनाको निधन भएको वडाअध्यक्ष खिमबहादुर गुरुङले बताए ।

 

उनीहरुलाई उपचारको लागि भुजुङबाट घलेगाउँसम्म जिपमार्फत लगेर घलेगाउँबाट हेलिकप्टरमार्फत पोखरा लगिएको थियो । चट्याङले छात्राबास भवनका साथै विद्यालय र छात्राबास नजिकैको इन्टरनेट डिभाइस र तारमा क्षति पुर्‍याएको छ ।

...

लमजुङको क्‍व्होलासोथार गाउँपालिका-४ भुजुङमा मंगलबार दिउँसो चट्याङ लागेर ३ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।

भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विनोद विश्वकर्मा, छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका हुन् । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङका अनुसार मंगलबार दिउँसो सवा ३ बजेतिर चट्याङ पर्दा छात्राबासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् । घाइतेमध्ये रेशबहादुरको हात नचलेको र अन्य २ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

उनीहरुलाई उपचारको लागि भुजुङबाट घलेगाउँसम्म जिपमार्फत लगेर थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

भुजुङ घर भएकी क्व्होलासोथार कार्यपालिका सदस्य गमीमाया गुरुङका अनुसार घाइते विद्यार्थीलाई पोखरास्थित गण्डकी अस्पताल लगिएको छ ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: