समाचारमा बालबालिका

किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

https://www.setopati.com/social/242580 असार २३

पन्ध्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

इटहरीकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा सुन्दर हरैंचा नगरपालिका-६ का २१ वर्षीय दिलीप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

जेठ २० गते ती किशोरीमाथि बलात्कार भएको थियो। इलाका प्रहरी कार्यालयको टोलीले एक महिनापछि श्रेष्ठलाई लुकिछिपी बसिरहेको अवस्थामा घरबाटै पक्राउ गरेको हो।

उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ। जबरजस्ती करणी मुद्दामा उनीमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।