A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

https://ekantipur.com/pradesh-1/2021/03/14/161571722144161389.html  चैत्र १, २०७७

मोरङ — रतुवामाई नगरपालिका–४ मा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बलात्कारको आरोपमा स्थानीय ६६ वर्षीय फौदिलाल मुखियालाई पक्राउ गरेको हो । बलात्कृत बालिका सुस्त मनस्थितिको रहेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

मुखियाले शुक्रबार घाँस काट्न गएकी बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । ‘बालिका शुक्रबार आफ्नी बहिनीहरुसँग बारीमा घाँस काट्न गएको बेला मुखिया पनि बाँस काट्न गएका थिए,’ उनले भने, ‘बालिकाका बहिनीहरु रुखमा चढेर खेलिरहेका बेलामा मुखियाले बलात्कार गरेको रुखबाट उनीहरुले देखेकाे बताएका छन् ।’

साँझ घरमा आएपछि दुई जना बहिनीले आमालाई जानकारी गराएपछि घटना बाहिरिएको राईले बताए ।

‘पीडित बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि मुखियालाई पक्राउ गरी आइतबार जिल्ला अदालत मोरङबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गराइ अनुसन्धान सुरु गरेका छौं,’ उनले भने, ‘पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएर अहिले कोशी अस्पतालमा उपचार भइरहेको छ ।’

सुस्त मनस्थितिकी पीडित बालिकाको उक्त घटनाले झन् मानसिक समस्या थपिएको राईले बताए । कोही मानिस हेर्ने बित्तिकै तर्सिने, रुने, डराउने गरेको उनले सुनाए । मुखियाले पनि जबरजस्ती करणी गरेको स्वीकारेको राईले बताए ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: