A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

https://www.onlinekhabar.com/2021/02/932540 २०७७ फागुन ९

९ फागुन, वीरगञ्ज । बारामा किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको करैयामाई गाउँपालिका-५ बस्ने ४० वर्षीय महेन्द्र सहनी पक्राउ परेका हुन् ।

घरमा कोही नभएको अवस्थामा गाउँकै १५ वषर्ीया एक किशोरीलाई मेरो घरमा काम छ भनेर लगेर यौन दुर्व्यवहार गरेको आरोप उनलाई लागेको छ ।

किशोरी रुँदै गएर आमालाई भनेपछि परिवार र समाजले घटनाबारे जानकारी पाएका थिए । त्यसपछि स्थानीय जम्मा भएर सहनीको घर घेराउ गर्न पुगेका थिए ।

प्रहरी टोलीले सहनीलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालय बारामा ल्याई थप अनुसन्धान शुरु गरेको छ । किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सहनीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाराबाट मात्रै ५५ जनाभन्दा बढी प्रहरी र बरियारपुरबाट गएको सशस्त्र प्रहरी टोलीले स्थानीयलाई रोकेका थिए ।

करैयामाई-५ का वडा अध्यक्ष उमेश चौधरीले गाउँकै किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सहनीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए । उनका अनुसार सहनी पहिले पनि यस्ता अवान्छित गतिविधिमा संलग्न रहेको भन्दै स्थानीय आक्रोशमा आएका थिए ।

 
 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: