समाचारमा बालबालिका

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुरबाट एक पक्राउ

https://www.setopati.com/social/229731 फागुन ६

प्रहरीले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ललितपुरको महांकालबाट एक जनालाई पक्राउ गरेको छ। 

स्थानीय नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गर्दै आएका पर्सा पोखरियाका २१ वर्षीय राजकुमार ठाकुरलाई आज पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

ठाकुरमाथि बुधबार विद्यालय पछाडिको जंगलमा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ। उक्त घटनामा थप अनुसन्धान भइरहेको जनाइएको छ। 

यता ललितपुरको महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङस्थित वनभोज स्थलमा गोदावरी नगरपालिका- २ त्रिवेणी बस्ने ४० वर्षीय राजु तामाङ मृत फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस