A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongr49oq04djsnlcs11cp9mtvtn6fpans4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पूर्वी नवलपरासीको सामुदायिक वनमा झोलाभित्र नवजात शिशुको शव भेटियो

https://www.setopati.com/social/223900    पुस २, २०७७

पूर्वी नवलपरासीस्थित सामुदायिक वनमा नवजात शिशु मृत फेला परेका छन्।

मध्यविन्दु नगरपालिकाको वनमा बुधबार बिहान पौने १२ बजे शिशुको शव फेला परेको हो। 

वडा नम्बर ५ को हरियाली सामुदायिक वन र ७ को विजय सामुदायिक वनको साधमा शव फेला परेको हो। 

प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनबहादुर खाँणका अनुसार शिशु बालक हुन्। 

प्रहरीले शिशुलाई कपडाले बेरी जेब्रा झोलाभित्र राखिएको अवस्थामा फेला पारेको हो।

‘हामीलाई शिशु फेला परेको भनेर खबर आएपछि टोली खटिएको थियो,’ डिएसपी खाँणले भने, ‘शिशु महिना पुगेर जन्मिएको हो। मृत्यु पनि ताजा नै छ।’

उनका अनुसार शिशुको कतै चोट पटक पनि देखिएको छैन। यो शिशु कसैले जन्माएर फालेको हुनसक्ने आशंका गरिएको छ। 

प्रारम्भिक अनुसन्धान पछि शव परीक्षणको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा, नवलपरासी लगिएको छ।  

अहिलेसम्म कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ। 

‘हामी अनुसन्धान गरिरहेका छौं। अहिले कोही पनि पक्राउ परिसकेका छैनन्,’ उनले भने। 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: