A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl8pkhpv1idlvpi12k0okt32c0f9ffdv5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चकलेट किन्न पसल गएकी बालिकाको हत्या

https://www.onlinekhabar.com/2020/11/911100   २०७७ मंसिर ९ 

९ मंसिर, जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकामा एक जना बालिकाको हत्या भएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो ।

उनी आइतबार साँझदेखि वेपत्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ ।

बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको अवस्थामा राति १ बजेतिर शव फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी राजन चापागाईंले जानकारी दिए ।

बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका स्थानीयले गरेका छन् । यद्यपि प्रहरीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने जनाएको छ ।

पसलेले भने- हत्या मैले गरेको हुँ

बालिकाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका ५ घर भई बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साह छन् ।

२५ वर्षीय साह रक्सी पिएर सोमबार राति गौशाला ५ स्थित घर गएका थिए । उनले आफ्ना परिवारका सदस्यहरुसँग बालिकाको हत्या आफूले गरेको बताएका थिए । ‘यो कुराको जानकारी पाउनासाथ हाम्रो टोलीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्यो,’ इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक प्रकाश रेग्मीले भने, ‘उनले हत्या गरेको स्वीकारेका छन् ।’

चकलेट किन्न गएकी बालिकालाई लुकाएर साहले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले बलात्कार गरेर हत्या गरेका हुन् कि होइनन् भन्ने कुराको अनुसन्धान भने भइरहेको छ ।

 विरोध प्रदर्शन

रातारात साहलाई बर्दिवास लिएर प्रहरी आएपछि उनले बालिकाको शव देखाएको प्रहरीको भनाइ छ ।

बालिकाको शव फेला परेपछि बर्दिवासका बासिन्दाले मंगलबार बिहानैदेखि विरोध प्रदर्शन थालेका छन् । उनीहरुले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गराउनुका साथै बजार पनि बन्द गराएका छन् ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: