A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकालाई कपडा पसलमा काम दिने भन्दै लगे, पछि बन्धक बनाएर राखे

https://www.setopati.com/social/233457 चैत १९

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले पाँच जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए।

परिसरमा १६ वर्षीया बालिकालाई कपडा पसलमा काममा लगाइदिने भन्दै काठमाडौंको माकलबारीस्थित फ्ल्याट भाडामा लिएर होटलमा ग्राहकसँग जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीको आधारमा खटिएको टोलीले तीन पुरूष र दुई महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका-७ घर भई काठमाण्डौं माकलबारी बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराई, १९ वर्षीया मसेली भन्ने सुहाना तामाङ, जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोटका ३१ वर्षीया मुना थापा मगर र कागेश्‍वरी मनहरा नगरपालिका-१ का ४७ वर्षीय राजकुमार सुनार छन्।

डिएसपी गिरीका अनुसार ती बालिका ज्याला मजदुरी गर्ने सामान्य परिवारकी हुन्।

परिवारको आर्थिक अवस्था कमजोर भएपछि काठमाडौंको कपडा पसलमा काममा लगाइदिने भन्दै सुहाना तामाङले ती बालिकालाई गत बिहीबार लगेकी थिइन्।

सुहानाले परिवारलाई विश्वासमा लिएर बालिकालाई माकलबारीस्थित एक फ्ल्याट भाडामा लिएर मानव बेचबिखन गरेको डिएसपी गिरीले बताए।

फ्ल्याटमा पुर्‍याएपछि श्यामकुमारले बालिकालाई कतै भाग्न दिएनन्। उनले बालिकामाथि जबरजस्ती करणी गर्न लगाए।

'सुहानाले कपडा पसलमा काममा लगाइदिने भन्दै लगे। पछि बन्धक बनाएर राखे,' डिएसपी गिरीले भने,' श्यामकुमारले विद्युतीय माध्यमबाट होटलका सञ्चालकहरूलाई महिला तथा बालिकाहरूको फोटो पठाउने अनि होटलका मालिकले यो महिलालाई ल्याऊँ भनेपछि श्यामकुमारले पुर्‍याइदिने रहेछन्।'

बालिकालाई शनिबार श्यामकुमारले पाथिभरा फेमिली कटेज एन्ड खाजा घर सुन्दरीजल होटलमा पुर्‍याएका थिए। त्यहाँ उनीमाथि बलात्कार भएपछि भोलिपल्टै उनी भागेर आफ्नो परिवारकोमा पुगेको प्रहरीले जनाएको छ।

परिवारले प्रहरीले खबर गरेपछि होटलका सञ्चालक प्रकाश ढुंगेलल र प्रबन्धक मुना थापा मगरलाई पनि पक्राउ गर्‍यो।

उनीहरूलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा बलात्कारमा संलग्न राजकुमार सुनारलाई राति साढे ११ बजे काठमाडौंको गागलफेदीबाट पक्राउ गरेको हो।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। जिल्ला अदालत भक्तपुरबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: