समाचारमा बालबालिका

गुल्मीमा आगलागीमा परेर बालिकाको मृत्यु

https://ekantipur.com/pradesh-5/2021/04/02/161736081160272775.html चैत्र २०, २०७७

पाल्पा — गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्ला धाराखोलामा आगलागीमा परेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ९ वर्षीया संगीता परियारको घर नजिकैको धाराखोली बले सल्ला सामुदायिक वनमा आगलागी हुँदा जलेर मृत्यु भएको हो ।

घर नजिकैको खोलामा नहाएर घर फर्किने क्रममा आगोलागीमा परेर जलेर मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।