समाचारमा बालबालिका

बागलुङमा जिप दुर्घटना हुँदा बालिकाको मृत्यु, ५ जना घाइते

https://ekantipur.com/pradesh-4/2021/03/11/161546931893865278.html फाल्गुन २७, २०७७

बागलुङ — जिल्लामा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् ।

ग १ ज ५७०५ नम्बरको जिप बिहीबार दिउँसो तमानखोला गाउँपालिका २ को खोलेबाङमा सडकदेखि २ सय मिटर तल खस्दा तमानखोला २ की १४ वर्षीय मिना रसाइलीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । अन्य घाइते ५ जनालाई उपचारका लागि पोखरा पठाइएको छ । घाइतेलाई हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि पठाइएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।

घाइते अधिकांशको टाउकोमा चोट लागेको बुढाले बताए ।