समाचारमा बालबालिका

घोडाबाट लडेर एक बालिकाको मृत्यु

https://www.setopati.com/social/262965 फागुन ११

सोलुखुम्बुमा घोडाबाट लडेर एक बालिकाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा खुम्बु पासाङल्हामु गाउँपालिका-४ की ८ वर्षीया सोनाम छुटिन शेर्पा छिन्।

उनीसँगै घोडामा सवार ९ वर्षीया बालिका मिङमा कान्छी शेर्पा सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। 

बुधबार बिहान दुबै जना मामाको घोडामा चडेर घर जाँदै थिए। सोही गाउँपालिका-३ को लासे दोभानस्थित हिउँमा चिप्लिएर बिहान साढे १० बजे घोडा लडेको थियो। 

घोडा लड्दा दुबै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घाइतेमध्ये सोनामको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

मिङमाको खुम्बुकै स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कवित कट्वालले बताए।