पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु
https://www.onlinekhabar.com/2020/12/918125 २०७७ पुष ८
महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
एकडारा गाउँपालिका वडा नम्बर २ बस्ने राजु रामकी १ बर्षीया छोरी अस्मिताको आफ्नै घर पछाडि खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो १ बजेतिर खाल्डोमा डुबेर सिकिस्त भएकी बालिकालाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लग्दै गर्दा बाटोमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
मृतक बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको र अन्य अनुसन्धान भइरहेको उनले बताए ।