A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाल विवाह गरेको आरोपमा बेहुला र उनका बुवा पक्राउ

https://www.onlinekhabar.com/2021/02/934093 २०७७ फागुन १५

१५ फागुन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले बालविवाह गर्ने गराउने कार्यमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने ४६ वर्षीय बुवा र उनका १९ वर्षीय छोरा पक्राउ परेका हुन् । माघ १९ गते १९ वर्षी युवकको विवाह वीरगञ्ज-१६ लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग भएको थियो ।

उनीहरुविरुद्ध बालविवाह मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ ।

बाल विवाह गरेको सूचना आएपछि प्रहरीले बेहुला र बेहुलाको बुवालाई फागुन १४ गते पक्राउ गरेर बाल विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

‘बाल विवाह गरेको उजुरी दिने हद म्याद तीन महिनाको हुन्छ, १७ वर्षको केटीसँग बाल विवाह गरेको जानकारी आएपछि उनीहरुलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएका हौं,’ उनले भने, ‘ तराई-मधेसको समाजमा बाल विवाह अत्याधिक हुने गरेको भए पनि उजुरी नआउँदा कारबाहीमा समस्या हुँदो रहेछ । उनले भने जानकारीमात्रै दिए पनि हामी कारबाही गर्छौ ।’

बालविवाहको घटना हुन लागेको वा भएको थाहा भएमा तत्कालै नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्सामा सूचना उपलब्ध गराउन पनि प्रहरीले अनुरोध गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने उल्लेख छ । त्यसरी गरिएको विवाह स्वतः बदर हुन्छ ।

यो कसुर प्रमाणित भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिमाना हुन्छ ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: