समाचारमा बालबालिका

माछा मार्न खोलामा गएकी बालिका फर्किनन्

१२ वर्षीय उर्मिला चौधरीको खोलामा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले सेतोपाटीलाई जानकारी दिए। ‘खोलाले बगाउँदा उनको मृत्यु भएको हो। बगेको दुई घण्टापछि शव फेला परेको छ,’ उनले भने। 
 
बालिकाको उद्धार प्रयास असफल भएको उनले बताए। 
प्रकाशित मिति: शनिबार, साउन ३, २०७७, ११:४४:००