A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बन्धक बनाएर एक सातादेखि बालिकामाथि बलात्कार

http://annapurnapost.com/news/175771 १५ फागुन २०७७

मोरङको उर्लाबारी घर भएकी १५ वर्षीया बालिकालाई भाडाको कोठामा बन्धक बनाएर एक व्यक्तिले बलात्कार गरिरहेको घटना सार्वजनिक भएको छ। 

बालिकामाथि बारम्बार बलात्कार र यौन शोषण गरिएको घटनामा संलग्न सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा बस्दै आएका ४९ वर्षीय रोहित कार्की पक्राउ परेका छन्। कार्कीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकबाट पक्राउ गरेको हो। बलात्कारमा संलग्नलाई पक्राउ गर्दै बालिकालाई उद्धार गरिएको जानकारी बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले दिए। 

एक सातादेखि कोठा भाडामा लिएर बन्धक बनाउँदै बलात्कार गरिएकी बालिका मोरङको उर्लाबारी नगरपालिका–५ मा बस्दै आएकी थिइन्। मानसिक रुपमा निक्कै विक्षिप्त अवस्थामा बालिकाको उद्धार गरिएको जानकारी प्रनि ढकालले दिए। तनावबाट मुक्त गर्दै बालिकालाई पीडित भएको महसुस नगराइकन पुरानै अवस्थामा फर्काउन ‘काउन्सिलिङ’को खाँचो देखिएको उनले बताए। प्रहरीले उद्धार गर्दा त्रसित मुद्रामा डाँको छाडेर रोइरहेकी बालिका निक्कै डराएकी र विक्षिप्त अवस्थामा थिइन्। 

उनले आफूमाथि भएको घटनालाई राम्ररी प्रस्तुत गर्न सकिरहेकी थिइनन्। तर बेलबारीमा कार्यरत महिला प्रहरीले ‘काउन्सिलिङ’ गर्दै अवस्थालाई सामान्य बनाएपछि उनले आफूमाथिको अत्याचार र चरम यातना दिएर गरिएको बलात्कारका बारेमा बताउन सक्ने अवस्था बन्यो। ढकालका अनुसार राम्रो पैसा कमाई हुने प्रलोभन देखाएर काममा लगाइदिने आवश्वासन दिँदै कार्कीले बालिकामाथि बलात्कार गरिरहेको खुलेको छ। 

घटना इटहरीमा भएकाले पक्राउ परेका कार्कीविरुद्ध कानुनी कारबाही अघि बढाउन बेलबारी प्रहरीले शुक्रबार साँझ नै उनलाई इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाएको छ। प्रलोभन र आवश्वास दिँदा अस्वीकार एवं प्रतिकार गरेमा चरम हिसाबले मानसिक र शारीरिक यातना दिँदै, धम्क्याउँदै तथा कुटपिट गर्दै बालिकामाथि बलात्कार गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले जानकारी दिए। उनले पीडित बालिकालाई आवश्यक ‘काउन्सिलिङ’का लागि माया घरको जिम्मा लगाइएको बताए।

बलात्कारका क्रममा कुटपिट गरिएको निलडाम र चोट बालिकाको शरीरमा प्रष्टसँग देख्न सकिन्छ। स्वास्थ्य परीक्षण गराउँदै बालिकाको उपचार थालिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अभिभावकको संरक्षण नपाउँदा बेवारिसेजस्तै बनेकी बालिका कामको खोजीमा निस्कँदा बलात्कारको सिकार बनेकी हुन्। बाबुले अर्कै महिला र आमाले पनि अर्कै पुरुषसँग दोस्रो बिहे गरेर सम्पर्कविहीन बनेको खुलेको छ। लगभग सात वर्षअघिदेखि नै बालिका अभिभावक र संरक्षणविहीन अवस्थामा रहेको घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले बताए। 

‘बालिकाले सानैदेखि पारिवारिक र अभिभावकीय वातावरण नपाएको देखिन्छ। अभिभावकको संरक्षण र आवश्यक मायाममताविहीन हुँदा बेवारिसेजस्तै बनिन्’, उनले भने, ‘केही समय आफन्तकोमा बसे पनि राम्रो व्यवहार र साथ नपाउँदा उनी भौतारिन थालिछन्। काम खोज्दै इटहरी आइपुगेकी बालिका अन्ततः काममा लगाइदिने आश्वासन दिएका पुरुषबाटै बलात्कारको सिकार बन्न पुगिन्।’ 

कामको खोजीमा निस्किएकी बालिका गत माघमा इटहरीको कलंकीचोकमा सार्वजनिक यातायातलाई यात्रु खोजिदिने काम गर्ने कार्कीको सम्पर्कमा पुगेको खुलेको छ। आफूलाई प्रहरीको सुराकी बताउने उनले बालिकालाई काममा लगाइदिन्छु भन्दै इटहरीमा कोठा भाडामा लिँदै बन्धक बनाउँदै एक सातादेखि बलात्कार गरिरहेको प्रहरी स्रोतले बतायो। 

आफूलाई नशालु पदार्थ खुवाउँदै केही चाल नपाउने बनाएर बलात्कार गर्ने गरेको बालिकाले प्रहरीलाई बताएकी छन्। ‘यो खायो भने शरीरलाई राम्रो गर्छ भन्दै नौलो ठाउँमा रहेको एउटा घरको बन्दा कोठाभित्र राखेर औषधिजस्ता खानेकुरा दिन्थे। खाएपछि केही थाहा पाउँदिन थिएँ’, बालिकालाई उद्रित गर्दै प्रहरीले भन्यो, ‘त्यसपछि म माथि के गरिन्थ्यो भन्ने चाल पाउन सकिन। ब्यूँझिदा र थाहा पाउँदा शरीर धेरै दुखेर केही गर्न तथा उठ्न पनि सक्ने अवस्था हुँदैन थियो।’ 

कार्कीले बालिकालाई लागुऔषध खुवाएर नशामा लट्ठ बनाउँदै बलात्कार गर्ने गरेको हुन सक्ने प्रहरीले जनाएको छ। कार्कीले औषधिजस्तो देखिने ट्याब्लेट र केही धुलोजस्तो वस्तु पनि आफूलाई जबरजस्ती सेवन गर्न बाध्य पार्ने गरेको पीडितले बताएकी छन्। कतै पनि निस्कन नदिइकन नचिनेको र नयाँ ठाउँमा रहेको एउटा घरको कोठाभित्र बन्धक बनाएर राख्दै बालिकामाथि बलात्कार गरिरहेको पुष्टि भएको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार पक्राउ परेका कार्कीले पनि घटना स्वीकार गरिसकेका छन्। तर लागुऔषध भने सेवन नगराएको उनको दाबी छ। प्रहरीले बालिकालाई बन्धक बनाएर बलात्कार गर्न कार्कीले भाडामा लिएको कोठामा छापा हान्ने र खानतलासी गर्ने तयारी गरिरहेको छ। पक्राउ परेका बेला लागुऔषध सेवन गरेजस्तो देखिने उनी नशामा झुम्म थिए। 

प्रहरीका अनुसार बलात्कार र चरम यातना सहन नसकेपछि कार्की बाहिर निस्किएको मौकामा बालिका कोठा छाडेर भागेकी थिइन्। बाहिरैबाट कोठाको चुक्कुल लगाएर निस्कने उनले पछिल्लो समय भने चुक्कुल लगाउन बिर्सिएपछि बालिकाले फुत्किने मौका पाएकी हुन्। तर कार्कीले बारम्बार फोन गर्दै लागुऔषध मुद्दामा फसाइदिने धम्की दिन थालेपछि बालिकाले केही चिनजानका व्यक्तिसँग सहयोग मागिन्। उनीहरुकै सहयोगमा बालिकाले आफूलाई लिन विराटचोकसम्म आउन कार्कीलाई अनुरोध गरिन्। 

त्यसपछि विराटचोक पुगेका उनलाई भाग्न खोज्दै गर्दा स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिँदै बालिकाको उद्धार गरेको हो। प्रहरीले आमा, बुवा लगायत परिवारका सदस्यको माया नपाउँदा तथा आफन्तले पनि साथ नदिँदा संरक्षणविहीन बनेपछि बाँच्नका लागि कामको खोजीमा निस्कँदा बालिकामाथि बलात्कारजस्तो जघन्य अपराध भएको जनाएको छ। 

प्रहरीले कार्कीविरुद्ध अपहरण र शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा कारबाही अघि बढाउन सकिने जनाएको छ। तर बालिकाका कोही पनि आफन्त बलात्कारमा संलग्नविरुद्ध जाहेरी दिनलाई सम्पर्कमा आइरहेका छैनन्। ‘पक्राउ परेका व्यक्तिविरुद्ध किटानी जाहेरी दिनलाई बालिकाका आफन्तको खोजी भइरहेको छ’, इटहरीका डीएसपी केसीले भने, ‘तर कोही पनि तयार भएर प्रहरीको सम्पर्कमा आएका छैनन्।’ 

उनले पीडित बालिका भएका कारण अभिभावक वा कोही आफन्तले जाहेरी नदिएमा बलात्कारमा संलग्नविरुद्ध कारबाही अघि बढाउन कानुनी जटिलता रहेको जानकारी पनि दिए। ‘बालिकाले दिएको जानकारीका आधारमा आफन्तको खोजी गर्न प्रहरी परिचालन गरिएको छ’, केसीले भने, ‘फेला पर्नासाथ बोलाएर ल्याइने र बालिकाको कानुनी उपचारका लागि सहयोग नगरेमा आफन्तहरुमाथि नै कारबाही अघि बढाइने छ।’ 

उनले सानैदेखि बाबुआमाको साथ नपाएकी बालिकालाई आफन्तले पनि हेरचाह नगरेको र अहिले पीडित हुँदासम्म कोही सम्पर्कमा नआएको उल्लेख गरे। पीडितका आफन्तमार्फत अघि नबढे पीडकलाई कानुनी कारबाही अघि बढाउन समस्या हुने कानुनी जटिलता रहेको डीएसपी केसीको भनाइ छ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: